काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार ग्रहण गर्नुअघि नै आफ्नै क्रिप्टोकरेन्सी लन्च गरेका छन् ।
जसको बजार पुँजी द्रुत गतिमा बढेर केही अर्ब डलर पुगेको छ । ट्रम्पले सोमबार अमेरिकाको ४७औं राष्ट्रपतिको रुपमा शपथ ग्रहण गर्दैछन् । यसअघि उनले आफ्नो नाममा मेम कोइन लन्च गरेका हुन् ।
यो क्रिप्टोकरेन्सीलाई ‘डलरट्रम्प’ नाम दिइएको छ, जुन ट्रम्पको सहयोगी कम्पनी सीआईसी डिजिटल एलएलसीले ल्याएको हो । यो कम्पनीले यसअघि ट्रम्पको नाममा ब्राण्डेड जुत्ता र अत्तर बेच्ने गरेको थियो ।
मेम कोइन वा क्रिप्टोकरेन्सी कुनै पनि भाइरल इन्टरनेट वा आन्दोलनको लोकप्रियता बढाउन प्रयोग गरिन्छ ।
CoinMarketCap.com नामक वेबसाइटकाअनुसार डलरट्रम्पको सुरुवात भएको केही घण्टापछि शनिबार दिउँसोसम्म यसको बजार मूल्य ५.५ विलियन डलर पुगेको छ ।
डलरट्रम्पको ८० प्रतिशत शेयर सीआईसी डिजिटल एलएलसी र फ्लाइट फ्लाइट फ्लाइट एलएलसीको स्वामित्वमा छ । फ्लाइट फ्लाइट फ्लाइट कम्पनी यस महिना डेलावेयरमा स्थापना भएको थियो ।
ट्रम्पले यस क्रिप्टोकरेन्सीबाट कति पैसा कमाउन सक्नेछन् भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन ।
डलरट्रम्पको वेबसाइट अनुसार कम्पनीले लगभग २०० मिलियन डिजिटल टोकन जारी गरेको छ, जबकि लगभग ८०० मिलियन डिजिटल टोकन आगामी तीन वर्षमा जारी गरिनेछ ।
Facebook Comment
Comment