सत्तादेखि सत्तासम्मको राजनीतिले मात्र विकास र समृद्धि सम्भव छैन : डा भट्टराई

नेपालभ्युज

सत्तादेखि सत्तासम्मको राजनीतिले मात्र विकास र समृद्धि सम्भव छैन : डा भट्टराई

गोरखा ।  नेपाल समाजवादी पार्टी (नयाँशक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले विकास र समृद्धिले मात्र संविधानमा उल्लेखित जनताका अधिकार स्थापित गर्न सकिने बताएका छन् ।

गोरखा सदरमुकाममा सोमबार एक कार्यक्रमलाई सम्बोधन गर्दै डा भट्टराईले सत्तादेखि सत्तासम्मको राजनीतिले मात्र विकास र समृद्धि सम्भव नहुने बताएका हुन् ।  “अबको विकास समृद्धिका लागि हिजोको राजनीतिक बाटोबाट मात्र सम्भव छैन”, उनले भने, “सत्तादेखि सत्तासम्मका लागि चुनाव लडेरमात्र देशको विकास र समृद्धि हुँदैन ।” राजनीति सबै नीतिको मूल नीति भएकाले अहिले धमिलिएको राजनीतिको मूल नीति सफा गर्नुपर्ने बेला आएको उनले बताए ।

संविधानमा लेखिएका अधिकार अहिले कागजमा मात्र सिमित रहेको उनको भनाइ छ ।  “राजनीतिक परिवर्तनले अहिलेको बोल्न र लेख्न त पाइएको छ”, डा भट्टराईले भने, “संविधानमा सबैका अधिकार त लेखिएका छन्, तर लेखेर मात्र भएन यसलाई जनताले व्यवहारमा उपभोग गर्नका लागि विकास र समृद्धि नै चाहिन्छ ।”

अबको राजनीति देशलाई कसरी छिटो समृद्धितर्फ लिएर जाने भन्नेमा केन्द्रित हुनुपर्नेमा उनको जोड थियो । “राजनीति भनेको गतिशील हुन्छ यसलाई बुझेर अघि बढ्न सक्नुपर्छ”, डा भट्टराईले भने, “२००७ साल, ०४७ साल, ०६२/०६३ सालको राजनीतिले मात्र अब हुँदैन, अहिले ०८१ साल आइसक्यो ।”

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved