एकदिन पनि टिकेन नेप्सेमा उछाल, परिसूचक ११ अङ्कले घट्यो

नेपालभ्युज

एकदिन पनि टिकेन नेप्सेमा उछाल, परिसूचक ११ अङ्कले घट्यो

काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । हिजो बढेर उछाल आएको बजार परिसूचक आज भने ११ अङ्कले ओरालो लागेको हो ।

बिहीबार नेप्से परिसूचक ११ दशमलव १० अङ्कले घटेर २६५४ दशमलव ३५ को विन्दुमा पुगेको छ । आज ३१८ कम्पनीका ८४ हजार ७ पटकको कारोबारमा १ करोड ५१ लाख ४ हजार ३३ कित्ता सेयर खरिद बिक्री भएको छ ।

जसमा कारोबार रकम ७ अर्ब ८५ करोड ७७ लाख ९२ हजार ३२६ रुपैयाँ रहेको छ । ८६ कम्पनीको सेयर मूल्य बढ्दा १५० वटाको घटेको छ भने ७ कम्पनीको मूल्य स्थिर रहेको छ ।

१३ उपसमूहमध्ये विकास बैङ्कमा हरियाली छाउँदा निर्माण कम्पनीहरू सामान्य बढेका छन् भने अन्य उपसमूह राताम्मे छन् । आज सप्तकोशी विकास बैङ्कमा लगानीकर्ता झुम्मिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved