काठमाडौं । नेपाल सुपर लिग फुटबलको फ्रेन्चाइज फुटबल टिम ललितपुर सिटी एफसीले इङ्लिस प्रशिक्षक साइमन ग्रेसनलाई टोलीमा मुख्य प्रशिक्षकमा अनुबन्ध गरेको छ ।
साविक विजेता ललितपुरले लिड्स युनाइटेडका पूर्वप्रशिक्षक साइमनलाई नयाँ सिजनका लागि टोलीमा आबद्ध गरेको हो ।
साइमन यूईएफएका प्रो लाइसेन्स प्रशिक्षक हुन् । साइमनले लिड्सलाई इङ्लिस लिगको दोस्रो डिभिजन च्याम्यिनसिपमा छनोट गराएका थिए ।
नयाँ सिजन ललितपुर सिटी एफसीलाई सम्हाल्ने पक्का भएको क्लबले जनाएको छ ।
इङ्लिस प्रशिक्षक साइमनले पछिल्लो समय इन्डियन सुपर लिगमा बैग्लुरु एफसीलाई सम्हाल्दै आएका थिए । उनको प्रशिक्षणमा बैग्लुरुले डुरान्ड कप जित्दा इन्डियन सुपर लिग र सुपर कपको फाइनल खेलेको थियो ।
एनएसएलको तेस्रो सिजन चैत १६ गतेदेखि सुरु हुने तालिका छ ।
Facebook Comment
Comment