काठमाडौं । अमेरिकाको राजधानी वासिङ्टन डीसीमा विमान हेलिकोप्टरसँग ठोक्किएको घटनामा अहिलेसम्म १८ जना मृत भेटिएका छन् ।
सीबीएस न्यूजकाअनुसार नदीबाट १८ वटा शव निकालिएको छ ।
खोजी कार्यमा रहेको टोलीले अहिलेसम्म कुनै पनि जीवित व्यक्ति फेला पारेको छैन ।
स्थानीय समयअनुसार राति ९ बजे रेगन वाशिङटन राष्ट्रिय विमानस्थलनजि विमान हेलिकोप्टरसँग ठोक्किएको थियो ।
अमेरिकी एअरलाइन्सले विमानमा ६० यात्रु र चार चालक दलका सदस्य रहेको पुष्टि गरेको छ । “हामी ती सबैको बारेमा चिन्तित छौं,” एअरलाइनले भन्यो, “हामी अधिकारीहरूसँग निरन्तर सम्पर्कमा छौं । आपत्कालीन टोलीलाई मद्दत गर्दैछौँ ।”
वाशिङ्गटन डीसीको आपत्कालीन उद्धार टोली रेगन राष्ट्रिय विमानस्थलमा पुगेको छ ।
डीसी फायर र ईएमएस विभागकाअनुसार विमान हेलिकोप्टरसँग ठोक्किएपछि पोटोम्याक नदीमा खसेको हो । विभागले एक्समार्फत फायरबोटहरू नदीमा खोजी कार्य भइरहेको छ ।
अमेरिकामा दुर्घटनाग्रस्त विमानमा ६४ जना सवार रहेको पुष्टि, फायरबोटबाट खोजिँदै
Facebook Comment
Comment