विमान दुर्घटनामा ट्रम्पको प्रश्न – ‘हेलिकोप्टरले किन बाटो परिवर्तन गरेन ?’

नेपालभ्युज

विमान दुर्घटनामा ट्रम्पको प्रश्न – ‘हेलिकोप्टरले किन बाटो परिवर्तन गरेन ?’

काठमाडौं । अमेरिकी एअरलाइन्सको विमान राजधानी वासिङ्टन डीसीमा सेनाको हेलिकोप्टरसँग ठोक्किएको छ ।

आकस्मिक सेवाका कर्मचारी उद्धार कार्यमा जुटेका छन् । विमानमा ६० यात्रु र ४ जना चालक दलका सदस्य थिए ।

दुर्घटनामा अहिलेसम्म १८ जना मृत फेला परेको सीबीएस न्यूजले जनाएको छ ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रुथ सोसलमा यस घटनाको बारेमा बोलेका छन् । उनले हेलिकोप्टरले किन बाटो परिवर्तन नगरेको भन्दै प्रश्न गरेका छन् ।

उनले लेखेका छन्, “विमान विमानस्थलतर्फ जाँदै थियो । हेलिकोप्टर सिधै विमानतर्फ गइरहेको देखिन्छ । यो रात स्पष्ट थियो । विमानको बत्ती पनि बलिरहेको थियो । त्यसो हुँदा पनि हेलिकोप्टर किन घुमेन ? वा किन माथि या तल गएन ?”

“यदि कन्ट्रोल टावरले विमान देखेको थियो भने किन हेलिकोप्टर चालक दललाई के गर्ने भनेर बताएन ? यो नराम्रो अवस्था हो । यस्तो हुनबाट रोक्नुपर्ने थियो । यो ठीक होइन ।” उनले भने ।

अमेरिकामा विमान र हेलिकोप्टर ठोक्किएर दुर्घटना : अहिलेसम्म १८ जना मृत फेला


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved