काङ्ग्रेस संसदीय दलको बैठक बस्दै

नेपालभ्युज

काङ्ग्रेस संसदीय दलको बैठक बस्दै
फाइल तस्वीर ।

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै छ । बैठक आज (शुक्रबार) बिहान साढे ८ बजेपछि संसद् भवनस्थित ल्होत्से हलमा बस्न लागेको हो ।

आजबाट सुरु हुने संसदको हिउँदे अधिवेशनमा पार्टीका सांसदहरुको प्रस्तुति लगायतका विषयमा बैठकमा छलफल हुने नेताहरुले बताएका छन् ।

अध्यादेश विवादपछि अन्ततः आज सङ्घीय संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ ।

सत्ता पक्ष पछिल्लो समय ल्याइएका ६ वटा अध्यादेश संसदबाट पारित गर्ने तयारीमा छ भने प्रतिपक्षी संसद् रोकेर बदनियतपूर्ण तरिकाले ल्याइएको अध्यादेश फिर्ता हुनुपर्ने माग गरिरहेका छन् । ती अध्यादेश आज संसदमा पेस हुनेछन् ।

आजदेखि संसद्को हिउँदे अधिवेशन सुरु, प्रधानमन्त्री ओलीसहित शीर्ष नेताले सम्बोधन गर्दै

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved