प्रधानमन्त्री ओलीलाई लिङ्देनको प्रश्न : यो सरकार नभए सिद्धबाबाको सुरुङ ‘ब्रेक थ्रू’ नै हुन्थेन ?

नेपालभ्युज

प्रधानमन्त्री ओलीलाई लिङ्देनको प्रश्न : यो सरकार नभए सिद्धबाबाको सुरुङ ‘ब्रेक थ्रू’ नै हुन्थेन ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सुनाएका सरकारका उपलब्धीमाथि प्रश्न उठाएका छन् ।

संसदको हिउँदे अधिवेशनको पहिलो बैठककमा सम्बोधन गर्ने क्रममा राप्रपा अध्यक्ष लिङ्देनले प्रधानमन्त्रीले सुनाएका सुरुङमार्ग ‘ब्रेक थ्रू’ र तेस्रो मुलुकसँगको विद्युत व्यापार नै हुँदैन थियो त भनेर प्रश्न उठाएका हुन् ।

‘मेरो प्रश्न छ, यो सरकार नभए सुरुङ   हुँदैन थियो ? तेस्रो मुलुकसँग विद्युत व्यापार हुँदैन थियो ? ,’ उनले भने, ‘कांग्रेस र एमाले मिलेर बनेको सरकारको उपलब्धी यही हो ? यदि हो भने यो मुलुकमा सरकार छैन भने हुन्छ ।’

सरकारले नियमित कुरालाई पनि आफ्नो उपलब्धी भन्ने गरेको उनको भनाइ छ ।

उनले अहिले बैंकमा बढेको विदेशी मुद्राको सञ्चिति यो सरकार बनेर आएको हो वा युवाहरू विदेशमा भएकाले भएको भनेर समेत प्रश्न गरे ।

अध्यादेशको नियतमाथि प्रश्न उठाए । प्रतिपक्षले प्रश्न उठाएपछि मात्रै संसद बैठक सुरू भएको उनको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved