रविविरुद्धको मुद्दा न्यायाधीश ढकालको इजलासमा

नेपालभ्युज

रविविरुद्धको मुद्दा न्यायाधीश ढकालको इजलासमा

काठमाडौं । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोग लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्धको मुद्दा न्यायाधीश दयाराम ढकालको इजलासमा परेको छ ।

पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ न्यायाधीश ढकालको इजलासमा हुने चितवन जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए ।

लामिछाने बयानका लागि बुधबार बिहान जिल्ला अदालत चितवनमा उपस्थित भइसकेका छन् ।

रवि बयानका लागि चितवन जिल्ला अदालतमा उपस्थित


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved