चितवन जिल्ला अदालतमा रविको बयान जारी

नेपालभ्युज

चितवन जिल्ला अदालतमा रविको बयान जारी

काठमाडौं । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोग लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको चितवन जिल्ला अदालतमा बयान जारी छ ।

उनको बयान बुधबार दिउँसो जारी रहेको अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए ।

पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछानेविरुद्धको मुद्दाका न्यायाधीश दयाराम ढकालको इजलासमा परेको छ ।

सहकारी ठगी प्रकरणमा आफूविरुद्ध मुद्दा दर्ता भएपछि बुधबार बिहान उनी अदालतमा उपस्थित भएका हुन् ।

साहारा चितवनको रकम हिनामिना गरेको अभियोगमा लामिछानेसहित १५ जनाविरूद्ध चितवन जिल्ला अदालतमा मङ्गलबार मुद्दा दर्ता भएको थियो । व्यक्तिबाहेक ६ वटा संस्थाविरूद्ध पनि अदालतमा मुद्दा दर्ता गरिएको छ ।

प्रतिवादीमा लामिछानेसँगै छविलाल जोशी, रामबहादुर खनाल, रविना रिमाल, विशाल गुरुङ, नवीन अछामी, कविता तामाङ, दीपक लामा, असरफअली सिद्दिकी, भगवती बम्जन, लक्ष्मीप्रसाद पौडेल, विज्ञान राई, नेत्रपाणि बास्तोला, शिवबहादुर गुरुङ र प्रगति श्रेष्ठ रहेका छन् ।

रविविरुद्धको मुद्दा न्यायाधीश ढकालको इजलासमा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved