रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा

नेपालभ्युज

रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
फाइल तस्वीर ।

काठमाडौं । चितवन जिल्ला अदालतले रास्वपा सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

साहारा सहकारीको रकम ठगी मुद्दामा लामिछानेलाई न्यायाधीश दयाराम ढकालको इजलासले ५४ लाख धरौटीमा छाड्न आदेश दिएको सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए ।

यसअघि लामिछाने पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा ६५ लाख, स्वर्णलक्ष्मी सहकारीमा काठमाडौंबाट ६० लाख र सुप्रिम सहकारी प्रकरणमा रुपन्देही अदालतबाट १ करोड धरौटीमा रिहा भएका थिए ।

सरकारी वकिल कार्यालय चितवनले लामिछानेसहित थप १५ जना व्यक्ति र ६ वटा संस्थाविरुद्ध सहकारीको रकम हिनामिनामा मुद्दा दायर गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved