काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवनलाई देवभूमि भनेका छन् ।
बिहीबार चितवन जिल्ला अदालतबाट धरौटीमा रिहा भएपछि संक्षिप्त प्रतिक्रिया दिदैं उनले चितवन देवभूमी भएकाले यहीबाट देशले न्याय पाउने कुरामा आफू विश्वस्त भएको बताएका हुन् ।
सभापति लामिछानेले भने, ‘हाम्रो चितवन भनेको देवभूमि हो । देवता बस्ने ठाउँ हो । त्यसकारण यसले मलाई होइन देशलाई न्याय गर्छ भन्ने कुरामा विश्वस्त छु।’
अघिल्लो निर्वाचनबाटै चितवनले परिवर्तनको सुरुवात गरेको दाबी गरेका उनले चितवनले परिवर्तनको उद्घोष गरेको बताए । उनले अघिल्लो निर्वाचनमा नै देशमा परिवर्तन चाहियो भनेर चितवनले सुरुवात गरेको बताए । उनले भने, ‘यो देशव्यापी हुन्छ । परिवर्तन जन्मने बेलाको पीडा हो । परिवर्तन जन्मिएरै छाड्छ।’
साहारा सहकारीको रकम ठगी मुद्दामा लामिछानेलाई न्यायाधीश दयाराम ढकालको एकल इजलासले ५४ लाख धरौटीमा छाड्न आदेशदिएपछि उनी बिहीबार रिहा भएका हुन् ।
Facebook Comment
Comment