दोहोरो अङ्कले बढ्यो सेयर बजार, १७६ कम्पनीमा हरियाली 

नेपालभ्युज

दोहोरो अङ्कले बढ्यो सेयर बजार, १७६ कम्पनीमा हरियाली 
प्रतीकात्मक तस्वीर

काठमाडौं । साताको कारोबारको पहिलो दिन आज सेयर बजारमा दोहोरो अङ्कको वृद्धि भएको छ । आज नेप्से परिसूचक १९ दशमलव ५६ अङ्कले बढेर २६९८ दशमलव ०३ को विन्दुमा पुगेको छ ।

आइतबार ३०९ कम्पनीका ९६ हजार २८२ पटकको कारोबारमा २ करोड ९ लाख ८४ हजार ४४० कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ९ अर्ब ४७ करोड ३ लाख ८ हजार रुपैयाँ रहेको छ ।

१७६ कम्पनीको सेयर मूल्य बढ्दा ६३ कम्पनीको घटेको छ भने ४ कम्पनीको मूल्य स्थिर रहेको छ । आज चार कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने एनआरएन इन्फास्ट्रक्चरमा लगानीकर्ता झुम्मिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved