महाकुम्भमा गगन थापा दम्पतीको डुबुल्की

नेपालभ्युज

महाकुम्भमा गगन थापा दम्पतीको डुबुल्की

काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापा र पत्नी अन्जना केसी थापाले महाकुम्भमा डुबुल्की मारेका छन् ।

भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा चलिरहेको महाकुम्भ मेलामा डुबुल्की मारेको तस्वीरहरू थापाले सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।

तस्वीर सार्वजनिक गर्दै उनले लेखेका छन्, “महाकुम्भको पावन अवसरमा तीर्थराज प्रयागस्थित गंगा, यमुना र सरस्वतीको त्रिवेणी संगममा स्नान गर्दा अद्भूत आध्यात्मिक शान्ति र पवित्रताको अनुभूति भयो ।”

१४४ वर्षमा लागेको महाकुम्भमा महास्नानका लागि दैनिक लाखौँको सङ्ख्यामा तीर्थालुहरू पुगिरहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved