सेयर बजारमा झन्डै ३० अङ्कको वृद्धि, परिसूचक २७ सयको विन्दुमा 

नेपालभ्युज

सेयर बजारमा झन्डै ३० अङ्कको वृद्धि, परिसूचक २७ सयको विन्दुमा 
प्रतीकात्मक तस्वीर

काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज सेयर बजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक २९ दशमलव ८७ अङ्कले बढेर २७२७ दशमलव ९१ को विन्दुमा पुगेको छ ।

सोमबार ३०२ कम्पनीका १ लाख २ हजार ८६१ पटकको कारोबारमा एक करोड ८० लाख ८१ हजार १६८ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम १० अर्ब ४ करोड ९६ लाख ५४ हजार रुपैयाँ रहेको छ ।

१६६ कम्पनीको सेयर मूल्य बढ्दा ७४ कम्पनीको घटेको छ भने ४ कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये ३ वटा घट्दा बाँकीमा हरियाली छाएको छ । आज ६ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने नेपाल रिइन्स्योरेन्समा लगानीकर्ता झुम्मिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved