इटहरी । १५ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको तेस्रो क्वाटर फाइनल खेलमा झापा ११ लाई पराजित गर्दै मच्छिन्द्र फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
इटहरी रङ्गशालामा सोमबार भएको खेलमा झापा ११ लाई १–० गोल अन्तरले पराजित गर्दै मच्छिन्द्रले सेमिफाइनलको यात्रा तय गरेको हो । मच्छिन्द्रको लागी मलिक बामिदेले युसुफले गरेको गोल निर्णायक हुन पुग्यो । खेलको ३१ औँ मिनेटमा मच्छिन्द्रका विदेशी खेलाडी युसुफले गोल गरेका थिए ।
त्यसपछि दुवै टिमबाट गोल नभएपछि मच्छिन्द्रले सेमिफाइनलको यात्रा सुरक्षित गर्यो । खेलको म्यान अफ दि म्याच घोषित हुँदै युसुफले नगद १० हजार प्राप्त गरे । मङ्गलवार अन्तिम क्वाटर फाइनल खेल चर्च ब्वाइज यूनाइटेड काठमाडौं र धरान फुटबल क्लबबिच हुनेछ ।
Facebook Comment
Comment