गद्दाफी स्टेडियममा किन राखिएन भारतीय झण्डा ?

नेपालभ्युज

गद्दाफी स्टेडियममा किन राखिएन भारतीय झण्डा ?

काठमाडौं । च्याम्पियन्स ट्रफी क्रिकेट बुधबारदेखि सुरु हुँदैछ ।

यसबीच लाहोरस्थित गद्दाफी रङ्गशालामा भारतबाहेक अन्य ७ देशको मात्र राष्ट्रिय झण्डा राखिएको विषयको चर्चा सुरु भएको छ ।

कतिपय समर्थकहरुले यसलाई भारतीय क्रिकेट बोर्डले पाकिस्तामा खेल्न अस्वीकार गरेका कारण पाकिस्तान क्रिकेट बोर्डले दिएको जवाफको रुपमा हेरेका छन् ।

आइतबार आयोजना गरिएको एक कार्यक्रममा अन्य सहभागी ७ राष्ट्रको झण्डा भने राखिएका तर भारतको झण्डा नराखिएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

बीसीसीआईले भारतीय टोलीलाई पाकिस्तान नपठाउने निर्णयको पीसीबीले जवाफ दिएको पनि टिप्पणी गरिएको छ ।

बीसीसीआई र पीसीबीको आईसीसीसँगको निरन्तर बैठकपछि पनि भारतले हाइब्रिड मोडल प्रस्ताव गर्दा एक समय पीसीबी प्रतियोगिताबाट नै पछि हट्ने स्थिति उत्पन्न भएको थियो ।

यद्यपि, पीसीबीले यसलाई बीसीसीआईलाई दिएको जवाफभन्दा पनि फरक कारण देखाएको छ ।

च्याम्पियन्स ट्रफी सुरु हुन केहीदिन अगाडि कराँचीको गद्दाफी स्टेडियम, जसलाई नेशनल स्टेडियमको नामले पनि चिनिन्छ, जहाँ भारतीय झण्डाको अनुपस्थितिलाई लिएर आएको हल्लापछि पीसीबीले स्पष्टीकरण जारी गरेको छ ।

भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सकाअनुसार यो निर्देशन अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)बाट आएको हो । साथै, खेलको दिन मात्र चार वटा झण्डा उठाउन आईसीसीले निर्देशन दिएको छ ।

खेलको दिन मात्र चार वटा झण्डा (आईसीसी इभेन्ट अथोरिटी), पीसीबी (इभेन्ट होस्ट) र प्रतिस्पर्धा गर्ने दुई पक्ष पीसीबीका एक प्रवक्तालाई उदृत गर्दै हिन्दुस्तान टाइम्सले लेखेको छ ।

भारतीय टोलीले पाकिस्तानमा कुनै पनि खेल नखेल्ने भएकोले भारतको झण्डा कराँची, लाहोर वा रावलपिन्डीमा देखिने छैन ।

उद्घाटन खेल आयोजक पाकिस्तान र न्युजिल्याण्डबीच खेल हुनेछ ।

भारत, पाकिस्तान, न्युजिल्याण्ड र बङ्गलादेश च्याम्पियन्स ट्रफीको समूह ‘ए’मा छन् ।

भारत २० फेब्रुअरीमा बङ्गलादेशसँग दुबई अन्तर्राष्ट्रिय स्टेडियममा आफ्नो पहिलो खेल खेल्नेछ । चीर प्रतिद्धन्दी भारत र पाकिस्तान २३ फेब्रुअरीमा भिड्नेछन् ।

समूह ‘बी’ अर्थात् ‘ग्रूप अफ देथ’ मा इङ्ग्ल्याण्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका र अफगानिस्तान छन् ।

प्रतियोगिताको सेमिफाइनल ४ र ५ मार्चमा खेलिने छन् । फाइनल ९ मार्चमा हुनेछ ।

सन् २०२९ पछि बन्द हुनसक्छ च्याम्पियन्स ट्रफी !


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved