सभामुखले तीन पटक बोलाउँदा पनि बोलिनन् सुमना

नेपालभ्युज

सभामुखले तीन पटक बोलाउँदा पनि बोलिनन् सुमना

काठमाडौं । प्रतिनिधि सभाको मङ्गलबारको बैठकमा सभामुख देवराज घिमिरेले तीन पटक बोल्न आग्रह गर्दा पनि राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठ बोलिनन् ।

बैठकको शून्य समयमा बोल्न श्रेष्ठले नाम टिपाएकी थिइन् ।

एमाले सांसद सुनिता बरालपछि श्रेष्ठले बोल्न समय तय भएको थियो । बरालको भनाइ सकिएपछि सभामुख घिमिरेले श्रेष्ठलाई बोल्न समय दिए ।

तर, श्रेष्ठ भने बोलिनन् । सभामुखले आफ्ना भनाइ राख्न तीन पटक “माननीय सुमना श्रेष्ठ” भन्दै आग्रह गरे, तर उनी बोलिनन् ।

उनले कुनै प्रतिक्रिया नदिएपछि सभामुखले माओवादी सांसद सुशिला श्रीपाली ठकुरीलाई बोल्न समय दिएका थिए ।

यसअघि सोमबारको बैठकमा श्रेष्ठले बोल्न समय माग्दा नपाएपछि बैठक छाडेर बाहिरिएकी थिइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved