गगन भन्छन्- काङ्ग्रेसको मिसन २०८४ होइन, गुणस्तरीय शिक्षा, स्वास्थ्य र रोजगार

नेपालभ्युज

गगन भन्छन्- काङ्ग्रेसको मिसन २०८४ होइन, गुणस्तरीय शिक्षा, स्वास्थ्य र रोजगार

पाल्पा । सत्तारुढ दल नेपाली काङ्ग्रेसका  महामन्त्री गगन थापाले अबको तीन वर्ष काङ्ग्रेसका   लागि मिसन-२०८४ नभइ गुणस्तरीय शिक्षा, स्वास्थ्य र रोजगार भएको बताएका छन् ।

बुधबार पाल्पाको  पूर्वखोलामा आयोजित प्रथम लोकतान्त्रिक महोत्सवलाई सम्बोधन गर्दै उनले भने “अबको तीन वर्ष गुणस्तरीय शिक्षा, स्वास्थ्य र रोजगार हाम्रो मिसन हो ।” काङ्ग्रेसका लागि तीन वर्ष पर्याप्त समय भएकाले  सक्रिय भएर लाग्ने प्रतिबद्धता महामन्त्री थापाले व्यक्त गरे ।

संसद्का दुई ठूला दल मिलेर सरकार गठन गर्दा मुलुकमा विकास हुने र नागरिकले राज्यबाट फाइदा पाउने महामन्त्री थापाको भनाइ थियो । महामन्त्री थापाले अब निःशुल्क स्वास्थ्य, शिक्षा र पर्याप्त रोजगारको वातावरण सिर्जना गर्ने गरी काम गर्ने उल्लेख गरे। उनले काङ्ग्रेस २०८४ सम्म राम्रो काम गरेर जनतामाँझ जान सक्नुपर्ने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved