च्याम्पियन्स ट्रफी

आयोजक पाकिस्तानको खराब सुरुवात, न्युजिल्यान्डसँग फराकिलो अन्तरले पराजित

नेपालभ्युज

आयोजक पाकिस्तानको खराब सुरुवात, न्युजिल्यान्डसँग फराकिलो अन्तरले पराजित

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा आयोजक पाकिस्तानले खराब सुरुवात गरेको छ ।

बुधबार राति सकिएको उद्घाटन खेलमा पाकिस्तान न्युजिल्यान्डसँग ६० रनको फराकिलो अन्तरले पराजित भएको हो ।

कराँचीस्थित नेसनल बैङ्क रङ्गशालामा टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३२० रन बनाएको थियो ।

न्युजिल्यान्डका लागि २ खेलाडीले शतक प्रहार गरे । टोम लाथमले अविजित ११८ तथा विल योङले १०७ रन जोडेका हुन् ।

पाकिस्तानका लागि नसीम शाह र हरिस राफले समान २ विकेट लिए ।

तीन सय २१ रनको विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा आएको घरेलु टोली पाकिस्तान ४७.२ ओभरमा २६० बन बनाएर अलआउट भयो ।

कुश्दिल शाहले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ६९ र पूर्वकप्तान बाबर आजमले ६४ रन बनाएपनि त्यो टोलीको जितका लागि पर्याप्त भएन ।

न्युजिल्यान्डका लागि विल ओ‘रोउके र मिचेल स्ट्यानरल सर्वाधिक ३–३ विकेट लिए ।

पहिले खेलमै हार ब्यहारेपछि आयोजक पाकिस्तान दबाबमा आएको छ । अब उसले अर्को खेल २३ फेब्रुअरीमा भारतसँग खेल्दैछ । यो खेल यूएईको दुबईमा हुनेछ ।

प्रतियोगिता खेल्न पाकिस्तान जान अस्वीकार गरेपछि भारतका सबै खेल यूएईमा हुनेछन् ।

च्याम्पियन्स ट्रफी : रिजर्भ डेमा पानी पर्‍यो भने कसले जित्छ उपाधि ?

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved