काठमाडौं । फ्रेन्च स्टार किलियन एमबाप्पेको ह्याट्रिक सहयोगमा स्पेनिस क्लब रियल मड्रिड यूईएफए च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ का लागि छनोट भएको छ ।
नेपाली समयअनुसार बिहीबार बिहान सम्पन्न प्लेअफको दोस्रो लेगमा इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीलाई ३–१ गोल अन्तरले हराउँदै रियलले अन्तिम १६ स्थान पक्का गरेको हो ।
प्लेअफको पहिलो लेगमा रियल सिटीमाथि ३–२ ले विजयी भएको थियो । खेलमा समग्र ६–३ को जित हासिल गर्दै रियलले अन्तिम १६ मा स्थान बनाएको हो ।
खेलको चौथो, ३३औं र ६१औं मिनेटमा गोल गर्दै एमबाप्पेले आफ्नो ह्याट्रिक पूरा गरेका थिए । निर्धारित समयमा ३–० को सहज स्थितिमा रहेको रियलले दोस्रो हाफको इन्ज्युरी समयमा गोल सामना गर्न पुग्यो ।
सिटीका लागि दोस्रो हाफको इन्ज्युरी समयमा स्पेनिस खेलाडी निको गोन्जालेजले गोल गरेका थिए ।
अब अन्तिम १६ मा सर्वाधिक १५ पटकको विजेता रियलले स्पेनिस प्रतिद्वन्दी एट्लेटिको मड्रिड वा जर्मन क्लब लेभरकुसेनको समना गर्ने भएको छ ।
रियलसँग पराजित भएपछि पूर्वविजेता सिटी भने प्लेअफ चरणबाटै बाहिरिएको छ ।
यस्तै स्वदेशी प्रतिद्वन्दी ब्रेस्टलाई फराकिलो अन्तरले पराजित गर्दै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)ले च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान पक्का गरेको छ ।
बिहीवार बिहान नै सम्पन्न प्लेअफको दोस्रो लेगको खेलमा पीएसजीले ब्रेस्टलाई ७–० गोलको फराकिलो अन्तरले पराजित गर्यो ।
यससँगै समग्रमा १०–० को जित हासिल गरेर पीएसजी अन्तिम १६ मा पुगेको हो । पहिलो लेगको खेल पीएसजीले ३–० ले जितेको थियो । अन्तिम १६ मा पीएसजीले लिभरपुल वा बार्सिलोनाको सामना गर्नेछ । अर्को खेलमा जितका साथ डच क्लब पीएसभी पनि अन्तिम १६ मा पुगेको छ
बिहीबार बिहान भएका सबै खेलको नतिजा :

Facebook Comment
Comment