च्याम्पियन्स ट्रफीमा आज भारत र बङ्गलादेश भिड्दै

नेपालभ्युज

च्याम्पियन्स ट्रफीमा आज भारत र बङ्गलादेश भिड्दै

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा आज (बिहीबार) भारत र बङ्गलादेश भिड्दैछन् ।

यो खेल नेपाली समयअनुसार दिउँसो पौने ३ बजे यूएईस्थित दुबई रङ्गशालामा हुनेछ । भारतलाई प्रतियोगिताको बलियो टोली मानिएको छ । भारतले जित्ने सम्भावना ९० प्रतिशत रहेको गुगलले विश्लेषण गरेको छ ।

यसर्थ आज भारत शतप्रतिशत जितका साथ मैदानमा उत्रँदै छ भने बङ्गलादेश सनसनीपूर्ण नतिजा निकाल्न चाहन्छ ।

प्रतियोगिताको उद्घाटन खेलमा भने आयोजक पाकिस्तानले खराब सुरुवात गरेको छ ।

बुधबार राति सकिएको खेलमा पाकिस्तान न्युजिल्यान्डसँग ६० रनको फराकिलो अन्तरले पराजित भएको हो ।

आयोजक पाकिस्तानको खराब सुरुवात, न्युजिल्यान्डसँग फराकिलो अन्तरले पराजित


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved