च्याम्पियन्स ट्रफी

शुभमनको शतकमा भारतको विजयी सुरुवात, बङ्गलादेशलाई ६ विकेटले हरायो

नेपालभ्युज

शुभमनको शतकमा भारतको विजयी सुरुवात, बङ्गलादेशलाई ६ विकेटले हरायो

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगितामा दुई पटकको विजेता भारतले विजयी सुरुवात गरेको छ ।

बिहीबार राति यूएईको दुबई रङ्गशालामा सकिएकाे खेलमा बङ्गलादेशलाई ६ विकेटले हराउँदै विजयी सुरुवात गरेको हो ।

उपकप्तान शुभमन गिलले शतक प्रहार गरेपछि भारतले बङ्गलादेशमाथि सहज जित निकाल्न सफल भयो । उनले १२९ बलमा अविजित १०१ रन जोडेका थिए ।

बङ्गलादेशले दिएको २२९ रनको समान्य लक्ष्य भारतले २१ बल बाँकी छँदै मात्र ४ विकेटको क्षतिमा पूरा गर्यो ।

शुभमनबाहेक भारतका लागि कप्तान रोहित शर्मा र अविजित केएल राहुलले ४१–४१ रन बनाएका थिए ।

यस्तै पूर्वकप्तान विराट कोहलीले २२, श्रेयस ऐय्यरले १५ र अक्षर पटेलले ८ रन जोडे ।

बङ्गलादेशका रिसाद होसइनले सर्वाधिक २ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको बङ्गलादेशले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २२८ रन बनाएको थियो ।

टोवहिद हृदोएले शतक तथा जाकिर अलिले ६८ रन जोडेपनि त्यो बङ्गलादेशको जितका लागि पर्याप्त भएन ।

भारतका लागि मोहम्मद सनामीले सर्वाधिक ५, हर्षित रानाले ३ तथा अक्षर पटेलले २ विकेट हात पारे ।

अब आगामी खेलमा भारतले पाकिस्तानसँग र बङ्गलादेशले न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।

आयोजक पाकिस्तानको खराब सुरुवात, न्युजिल्यान्डसँग फराकिलो अन्तरले पराजित

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved