काङ्ग्रेसको महाधिवेशन तोकिएकै समयमा हुन्छ : महामन्त्री थापा

नेपालभ्युज

काङ्ग्रेसको महाधिवेशन तोकिएकै समयमा हुन्छ : महामन्त्री थापा

काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले महाधिवेशन तोकिएको समयमा नै हुने बताएका छन् ।

शुक्रबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले महाधिवेशनको तयारी सुरु भइसकेको भन्दै तोकिएको समयमा नै सम्पन्न हुने बताएका हुन् ।

अधिवेशनको समयमा मात्र प्रतिस्पर्धा गर्ने प्रणाली विकास गर्न र अन्य समय पार्टी सङ्गठन र अन्य जिम्मेवारी पूरा गर्नमा समय लगाउन नेता तथा कार्यकर्ताहरुलाई उनले आग्रह गरे ।

महामन्त्री थापाले एउटा दलले गरेको गलत कार्यबाट असन्तुष्ट हुनेले व्यवस्थाभन्दा पनि अन्य दल रोज्न पाउने लोकतन्त्रको मूल्य मान्यतालाई आत्मसात गर्नुपर्ने धारणा राखे ।

उनले पछिल्लो पटक पूर्व राजाबाट आएको अभिव्यक्तिलाई लोकतन्त्रको गहनाका रुपमा लिएर राजनैतिक कर्ममा सुधार गरेर जवाफ दिनुपर्ने बताए ।

पार्टीर्भित्रैबाट सरकारको विरोध भइरहेको प्रश्नको जवाफमा थापाले सरकार विरुद्धको खबरदारीले सरकारलाई सुधार्न र गलत काम रोक्न मद्दत पुग्नेसमेत बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved