च्याम्पियन्स ट्रफी

अष्ट्रेलियाले इङ्ल्याण्डलाई हराउँदा बनेकाे कीर्तिमान

नेपालभ्युज

अष्ट्रेलियाले इङ्ल्याण्डलाई हराउँदा बनेकाे कीर्तिमान

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटअन्तर्गत शनिबार राति अष्ट्रेलियाले इङ्ल्याण्डलाई ५ विकेटले हराउँदा केही कीर्तिमान बनेका छन् । यी कीर्तिमान दुवै टोलीले बनाए ।

जसमध्ये अष्ट्रेलियाले च्याम्पियन्स ट्रफीको इतिहासमै सबैभन्दा ठूलो लक्ष्य हासिल गरेको छ । यो महत्वपूर्ण कीर्तिमान रह्यो ।

पाकिस्तानको लाहोरस्थित गद्दाफी रङ्गशालामा टस हारेर पहिलो ब्याटिङ गरेको इङ्ल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३५१ रन बनाएको थियो । यो च्याम्पियन्स ट्रफी इतिहासकै सबैभन्दा ठूलो योगफल थियो ।

यस क्रममा ओपनर बेन डकेटले शतकीय पारी खेल्दै १४३ बलमा १६५ रन प्रहार गरेका थिए । तर उनले आफ्नो टोलीलाई जिताउन सकेनन् । यो पनि एउटा कुनै पनि खेलाडीका लागि खराब कीर्तिमान हो ।

यता जवाफी ब्याटिङ गरेको अष्ट्रेलियाले च्याम्पियन्स ट्रफीको इतिहासमा सबैभन्दा ठूलो लक्ष्य हासिल गर्दै नयाँ कीर्तिमान रच्यो ।

इङ्ल्याण्डले दिएको ३५२ रनको उच्च लक्ष्य अष्ट्रेलियाले १५ बल बाँकी रहँदै ५ विकेट गुमाएर पार गरेको हो ।

कङ्गारू टोलीका लागि जस इङ्लिसले शतकीय पारी खेले । अविजित रहेका उनले ८६ बलमा १२० रन बनाए । त्यसक्रममा उनले ८ चौका र ६ छक्का प्रहार गरेका थिए ।

अष्ट्रेलियाको जितमा एलेक्स केरीले ६९ र ओपनर म्याथु सर्टले ६३ रनको योगदान गरे ।

च्याम्पियन्स ट्रफी : अष्ट्रेलियाले इङ्गल्याण्डलाई हरायो, इङ्लिसको अविजित १२० रन

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved