सेयर बजारमा दोहोरो अङ्कको वृद्धि, साढे ११ अर्बको कारोबार 

नेपालभ्युज

सेयर बजारमा दोहोरो अङ्कको वृद्धि, साढे ११ अर्बको कारोबार 
प्रतीकात्मक तस्वीर

काठमाडौं । साताको कारोबारको पहिलो दिन आज सेयर बजारमा दोहोरो अङ्कको वृद्धि भएको छ । आज नेप्से परिसूचक ११ दशमलव ६६ अङ्कले बढेर २७५५ दशमलव ४० को विन्दुमा पुगेको छ ।

आइतबार ३२८ कम्पनीका एक लाख ८ हजार ९१३ पटकको कारोबारमा २ करोड १२ लाख ६ हजार कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ११ अर्ब ५४ करोड ८३ लाख ३७ हजार ६१२ रुपैयाँ रहेको छ ।

९१ कम्पनीको सेयर मूल्य बढ्दा १४८ कम्पनीको घटेको छ भने ४ कम्पनीको मूल्य स्थिर रहेको छ । सेन्सेटिभ इन्डेक्स ० दशमलव ६६ अङ्कले बढेको छ भने फ्लोट इन्डेक्स ० दशमलव ५५ अङ्कले बढेको छ । त्यस्तै, सेन्सेटिभ फ्लोट इन्डेक्स ० दशमलव १२ अङ्कले बढेको छ ।

१३ उपसमूहमध्ये ६ वटा घट्दा बाँकीमा हरियाली छाएको छ । आज गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताले १० प्रतिशतका दरले कमाउँदा हिमालयन रिइन्स्योरेन्समा लगानीकर्ता झुम्मिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved