सेयर बजारमा सामान्य वृद्धि, हिमालयन रिइन्स्योरेन्सको कारोबार धेरै

नेपालभ्युज

सेयर बजारमा सामान्य वृद्धि, हिमालयन रिइन्स्योरेन्सको कारोबार धेरै
प्रतीकात्मक तस्वीर

काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज सेयर बजारमा सामान्य वृद्धि भएको छ । आज नेप्से परिसूचक ३ दशमलव ३५ अङ्कले बढेर २७५८ दशमलव ७५ को विन्दुमा पुगेको छ ।

सोमबार ३१० कम्पनीका १ लाख ३ हजार २६२ पटकको कारोबारमा २ करोड ११ लाख १० हजार ६१९ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ११ अर्ब ८ करोड ५४ लाख ६४ हजार ७५८ रुपैयाँ रहेको छ ।

९० कम्पनीको सेयर मूल्य बढ्दा १४५ कम्पनीको घटेको छ भने ९ कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये चार वटा बढ्दा अन्य राताम्मे छन् । आज हिमालयन रिइन्स्योरेन्समा लगानीकर्ता झुम्मिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved