बढ्यो सेयर बजार, १०४ कम्पनीमा हरियाली 

नेपालभ्युज

बढ्यो सेयर बजार, १०४ कम्पनीमा हरियाली 
प्रतीकात्मक तस्वीर

काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा वृद्धि भएको छ । आज नेप्से परिसूचक ७ दशमलव १३ अङ्कले बढेर २७६५ दशमलव ८८ को विन्दुमा पुगेको छ ।

मंगलबार ३१२ कम्पनीका ९७ हजार ५६२ पटकको कारोबारमा एक करोड ७८ लाख ६५ हजार ७०३ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ९ अर्ब ९० करोड ९३ लाख ८६ हजार २२७ रुपैयाँ रहेको छ ।

१०४ कम्पनीको सेयर मूल्य बढ्दा १३२ कम्पनीको घटेको छ भने ९ कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये ६ वटा घट्दा बाँकीमा हरियाली छाएको छ ।

आज गार्डियन माएक्रोफाइनान्सका लगानीकर्ताले १० प्रतिशतका दरले कमाउँदा हिमालयन रिइन्स्योरेन्समा लगानीकर्ता झुम्मिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved