च्याम्पियन्स ट्रफी

दक्षिण अफ्रिका र अष्ट्रेलियाबीचको खेल वर्षाका कारण रद्द

नेपालभ्युज

दक्षिण अफ्रिका र अष्ट्रेलियाबीचको खेल वर्षाका कारण रद्द

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटअन्तर्गत दक्षिण अफ्रिका र अष्ट्रेलियाबीचको खेल रद्द गरिएको छ ।

यो खेल पाकिस्तानको रावलपिण्डीमा मङ्गलबार खेलिने तय भएको थियो, तर वर्षाका कारण हुन सकेन ।

नेपाली समयअनुसार यो खेल दिउँसो २.४५ बजे सुरु हुने भनिएको थियो, यद्यपि वर्षाका कारण टस पनि हुन सकेन ।

समूह ‘बी’मा समावेश अष्ट्रेलिया र दक्षिण अफ्रिकाले च्याम्पियन्स ट्रफीको आफ्नो पहिलो खेल जितेका छन् ।

अष्ट्रेलियाले इङ्गल्यान्डलाई पराजित गर्दा दक्षिण अफ्रिकाले अफगानिस्तानविरुद्ध जित दर्ता गरेको थियो ।

समूह ‘बी’मा अष्ट्रेलिया, दक्षिण अफ्रिका, इङ्ग्ल्यान्ड र अफगानिस्तान छन् । यस समूहबाट अहिलेसम्म कुनै टोली पनि सेमिफाइनलमा पुगेका छैनन् ।

समूह ‘ए’बाट भने न्युजिल्यान्ड र भारत अन्तिम चारमा पुगिसकेका छन् ।

न्युजिल्यान्ड र भारत एक खेलअघि नै सेमिफाइनलमा, बङ्गलादेश र पाकिस्तान बाहिरिए


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved