पहिलो जितको खोजीमा रहेका अफगानिस्तान र इङ्ग्ल्यान्ड आमने–सामने

नेपालभ्युज

पहिलो जितको खोजीमा रहेका अफगानिस्तान र इङ्ग्ल्यान्ड आमने–सामने

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटअन्तर्गत आज (बुधबार) अफगानिस्तान आमने–सामने हुँदैछन् ।

यो खेल पाकिस्तानको लाहोरस्थित गद्दाफी रङ्गशालामा नेपाली समयअनुसार दिउँसो २ः४५ बजे सुरु हुनेछ ।

समूह ‘बी’मा रहेका अफगानिस्तान र इङ्ग्ल्यान्ड पहिलो खेलमा पराजित भएका थिए । इङ्गल्यान्डलाई अष्ट्रेलियाले पराजित गर्दा अफगानिस्तानविरुद्ध दक्षिण अफ्रिकाले जित दर्ता गरेको थियो ।

यसर्थ सेमिफाइनल आशा जीवितै राख्न आज अफगानिस्तान र इङ्ग्ल्यान्ड दुवै टोली स्पष्ट जितको खोजीमा हुनेछन् ।

यो समूहमा दक्षिण अफ्रिका र अष्ट्रेलियाले एक–एक खेल जितेका छन् । यी दुई बीचको मङ्गलबारका लागि तय भएको खेल रद्द गरिएको छ । वर्षाका कारण टस पनि हुन नसकेको हो ।

यस समूहबाट अहिलेसम्म कुनै टोली पनि सेमिफाइनलमा पुगेका छैनन् । समूह ‘ए’बाट भने न्युजिल्यान्ड र भारत अन्तिम चारमा पुगिसकेका छन् ।

दक्षिण अफ्रिका र अष्ट्रेलियाबीचको खेल वर्षाका कारण रद्द


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved