काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वतन्त्र रुपमा चुनाव जितेर आएका काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) प्रत्यक्ष राष्ट्रपति निर्वाचित हुँदा केही फरक नपर्ने बताएका छन् ।
तराई-मधेस जागरण अभियानको क्रममा रहेका उनले बुधबार प्रेस सेन्टर मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।
बालेन, हर्क साम्पाङ प्रत्यक्ष राष्ट्रपति निर्वाचित भए के होला भन्ने प्रश्नमा प्रचण्डले भने, “के फरक पर्छ ? हर्क आए पनि फरक पर्दैन । बालेन आए पनि फरक पर्दैन । के बिग्रन्छ र ? मैले त उनीहरूलाई लोकतन्त्रको फूल भनेको छु । त्यसबाट म दायाँबायाँ पनि छैन । उनीहरूलाई त म आफ्नै मान्छे ठान्छु ।”
Facebook Comment
Comment