च्याम्पियन्स ट्रफी : वर्षाले पाकिस्तान र बङ्गलादेशबीचको खेल प्रभावित

नेपालभ्युज

च्याम्पियन्स ट्रफी : वर्षाले पाकिस्तान र बङ्गलादेशबीचको खेल प्रभावित

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफी २०२५ अन्तर्गत पाकिस्तान र बङ्गलादेशबीचको खेल वर्षाले प्रभावित भएको छ ।

दुई टोलीबीचको खेल हुने स्थान रावलपिन्डीमा अहिले वर्षा भइरहेको छ । वर्षाले टससमेत हुन सकेको छैन ।

पाकिस्तान र बङ्गलादेशका टोलीहरू प्रतियोगिताको सेमिफाइनल दौडबाट पहिले नै बाहिरिसकेका छन् ।

पाकिस्तानले यस प्रतियोगितामा आफ्नो पहिलो खेल न्युजिल्याण्डविरुद्ध खेलेको थियो, जसमा उसले हार व्यहोर्नुपरेको थियो । जबकि, दोस्रो खेल भारतविरुद्ध खेलेको थियो, जसमा उसले पराजय व्यहोरेको थियो ।

त्यस्तै, बङ्गलादेशले आफ्नो पहिलो खेल भारतसँग खेलेको थियो, जसमा उसले हार व्यहोरेको थियो । यसपछि न्युजिल्याण्डको सामना गर्‍यो, जसमा फेरि पराजित भयो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved