च्याम्पियन्स ट्रफी

जित्नैपर्ने दबाबबीच ‘स्ट्रङ’ अष्ट्रेलियाविरुद्ध उत्रँदै ‘अन्डरडग’ अफगानिस्तान

नेपालभ्युज

जित्नैपर्ने दबाबबीच ‘स्ट्रङ’ अष्ट्रेलियाविरुद्ध उत्रँदै ‘अन्डरडग’ अफगानिस्तान

काठमाडौं । च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताअन्तर्गत आज (शुक्रबार) दुई पटकको विजेता अष्ट्रेलियाविरुद्ध नवप्रवेशी अफगानिस्तान मैदानमा उत्रँदै छ ।

पाकिस्तानको लाहोरस्थित गद्दाफी रङ्गशालामा नेपाली समयअनुसार दिउँसो २ः४५ बजे मैदानमा उत्रँदा ‘अन्डरडग’ अफगानिस्तान प्रतियोगिताकै बलियो टोली मानिएको अष्ट्रेलियालाई जित्नैपर्ने दबाबमा हुनेछ । किनकि आजको खेल हारेमा अफगानिस्तान प्रतियोगिताबाट बाहिरिने छ ।

समूह ‘बी’मा दक्षिण अफ्रिका र अष्ट्रेलिया ३–३ अङ्कसहित पहिलो र दोस्रो स्थानमा छन् । यी दुई टोलीबीचको खेल वर्षाले रद्द भएपछि १–१ अङ्क बाँडिएको थियो । यसले २ अङ्क मात्र भएको अफगानिस्तानलाई घाटा भएको छ । यदि दक्षिण अफ्रिका र अष्ट्रेलियामध्ये एउटाले जितेका भए अफगानिस्तानले आजको खेल हार्दा पनि सेमिफाइनल सम्भावना जीवित हुने थियो ।

यदि आजको खेल वर्षाका कारण रद्द भएमा भने अफगानिस्तानको आशा जीवितै रहने छ । तर खेल भएको खण्डमा भने अफगानिस्तानलाई शतप्रतिशत जित आवश्यक छ

‘अन्डरडग’ हुनाका बाबजुद इङ्ग्यान्डलाई हराएर अफगानिस्तानले प्रतियोगितामा सनसनी मच्चाएको छ । यसर्थ उ आज अष्ट्रेलियाविरुद्ध यही नतिजा दोहोर्याउन चाहन्छ ।

तर खेल जित्न कुनै एक-दुई खेलाडीमा भर पर्नु नपर्ने बलियो टोली अष्ट्रेलियालाई हराउन अफगानिस्तानलाई सहज भने छैन ।

पाकिस्तान र बङ्गलादेशबीचको खेल वर्षाका कारण रद्द


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved