ट्रम्पवादको आगो, विश्वव्यापी धुँवा र रुमल्लिएको नेपाली भाष्य
ट्रम्पवादको आगो साँच्चै सल्कियो र धुँवा मात्रै हैन, ज्वाला नै नेपालसम्म आइपुग्यो भने हामी आफ्नो विदेश नीतिमा कसरी र कस्तो समायोजन गर्नेछौँ ? ट्रम्पले नेपाललाई भारत वा चीनको प्रभाव क्षेत्रभित्रको ग्रीनल्याण्ड, गाजा, पनामा वा क्यानडाजस्तै ठान्दिए वा मान्दिए भने के हालत होला ?

डोनाल्ड जे. ट्रम्पले सन् २०१५ मा अमेरिकी राष्ट्रपति उम्मेदवारीका लागि रिपब्लिकन प्राइमरी सामना गर्ने घोषणा गरेका थिए । त्यसयताको १ दशक उनी विश्व राजनीति र सञ्चार माध्यममा निरन्तर छाएका छन् । ट्रम्पको बारेमा यति धेरै लेखिएका, बोलिएका, विश्लेषण गरिएका छन् कि सायदै अर्को कुनै समकालीन राजनीतिज्ञको बारेमा त्यस्तो भएको छ ।
सन् २०१६ को विजयपछि उनी ४ वर्ष सत्तामा रहे । पहिलो कार्यकालमा उनले ६ वटा मुस्लिम बहुल देशका नागरिकलाई भिसा प्रतिबन्ध गरेका थिए । दक्षिणी छिमेकी मेक्सिकोको सीमामा पर्खाल लगाए । चीनसँग व्यापार युद्ध गरे । पेरिस जलवायु सम्झौता अस्वीकार गरे । विश्व स्वास्थ्य सङ्गठनबाट अमेरिकालाई बाहिर निकाले । कोभिड–१९ को दोष चीनमाथि थोपरे । महाव्याधिले पुर्याएको धनजनको विश्वव्यापी क्षति चीनले बेहोर्न पर्ने दाबी गरे ।
उत्तर कोरियाली नेता किम जोङ उनलाई सिङ्गापुरमा भेटेर तनाव शिथिलीकरण गरे। भारत, जापन, अष्ट्रेलियालाई समेटेर हिन्द प्रशान्त रणनीति र ‘क्वाड’ लाई बलियो बनाए ।
ट्रम्पले पहिलो कार्यकालमै यस्ता थुप्रै काम गरेका वा गर्न खोजेका थिए जो समकालीन विश्व व्यवस्था भनिएको प्रणाली र मान्यतासँग सहज मेल खाँदैनथे । उनी अमेरिकाले विश्वको ठेक्का लिन नसक्ने, ट्रम्पवादी राजनीतिको उद्देश्य ‘अमेरिका फर्स्ट’ हुने र ‘मेक अमेरिका ग्रेट अगेन’ लाई सार्थक बनाउने लक्ष्यमा दृढसङ्कल्पित थिए ।
अमेरिका उत्तरसाम्राज्यवादी युगको आधुनिक राष्ट्रिय राज्य हो । लामो समय बेलायतलगायत युरोपेली साम्राज्यहरूको उपनिवेश भोगेको अमेरिकाको स्वतन्त्रता सङ्ग्राम विश्वमा अन्य देशको सार्वभौमसत्ताको प्रेरणास्रोत मानिन्थ्यो ।
अमेरिकी राष्ट्रपतिहरूले प्रारम्भदेखि विश्व राजनीति र इतिहासमा आआफ्नो प्रकारको गम्भीर छाप छोडेका छन् । स्वतन्त्रता सङ्ग्रामका योद्धा जसलाई संस्थापक पिता भनिन्छ– तीमध्ये जर्ज वासिङ्गट्न, जोन आडम्स, थोमस जेफर्सन, जेम्स मेडिसन र जेम्स मोन्रोईले राष्ट्रपतिका रुपमा देशको नेतृत्व गरे । तिनले अमेरिकी राज्यको राजनीति प्रणाली, मूल्यमान्यता, आदर्श र सङ्घीय लोकतान्त्रिक गणतन्त्रका आधारशीला तयार गरे । यी आफ्नो समयका ठूला योद्धा, बौद्धिक र निष्ठावान् राजनीतिज्ञ मानिन्थे । अद्यपि मानिन्छन् ।
१९ औं शताब्दीका अब्राहम लिङ्कनले दासप्रथाको अन्त्य र गृहयुद्धमा एकताको नेतृत्व गरेर विश्वव्यापी लोकप्रियता हासिल गरेका थिए । २० औं शताब्दीमा विन्ड्रो विल्सनले पहिलो विश्व युद्धको अन्त्य र ‘लिग अफ नेसन्स’ को स्थापनामा महत्त्वपूर्ण योगदान गरेका थिए । ‘गेमचेन्जर’ भनिने ठूला भौतिक पूर्वाधार विकासमा हर्वट हुभरको विशेष चर्चा हुन्छ ।
फ्रयाङ्कलिन डी. रुजबेल्टले ‘न्यु डिल’मार्फत महामन्दीको समाना, आर्थिक विकास र समृद्धिको चरणको नेतृत्व गरेका थिए । दोस्रो विश्वयुद्धको अन्त्य, संयुक्त राष्ट्र सङ्घ, विश्व बैङ्क, अन्तर्राष्ट्रिय मुद्रा कोषलगायत बहुपक्षीय अन्तर्राष्ट्रिय संस्था स्थापना र युद्धपछिको विश्व पुनर्निर्माणमा ह्यारी ट्रुम्यानको विशेष योगदान थियो ।
जोन अफ केनेडीले अन्तर्राष्ट्रिय मानवीय विपत सहयोग र अन्तरिक्ष अभियान युगको नेतृत्व गरे । यूएसएएड, पिस कोरजस्ता संस्था केनेडीले स्थापना गरेका थिए ।
रिचर्ड निक्सनले अमेरिका–चीन सम्बन्धलाई नयाँ मोड दिए । ताइवानको साटो चीनलाई संयुक्त राष्ट्र सङ्घमा भिटो मानियो । आजको चीनको उन्नतिमा यो मोडको निक्कै महत्त्वपूर्ण थियो भनेर इतिहासकार दाबी गर्दछन् ।
जिमी कार्टरले शीत युद्धको शिथिलतामा भूमिका गरेका थिए भने जर्ज डब्लु बुस र रोनाल्ड रेगनले सोभियत सङ्घ र पूर्वी युरोपको पतनको सङ्क्रमणलाई नवउदारवादी ढाँचामा आकारित गरेका थिए । जर्ज डब्लु बुस जुनियरले सेप्टेम्बर ११ पछिको स्थितिको सामना गरे । बाराक ओबामाले सन् २००८ को विश्वव्यापी वित्तीय सङ्कट व्यवस्थापन गरेका थिए ।
समकालीन उदार विश्व व्यवस्था मूलतः दोस्रो विश्वयुद्धको अन्त्यपछिका बहुपक्षीय संस्थाहरूको भूमिकाबाट निर्मित छ । त्यसमा सन् १९९० मा शीतयुद्धको अन्त्य र त्यसपछिको नवउदारवादी विश्व व्यवस्थाको विशेषता थपिएका छन् । वासिङ्गट्न सहमति, विश्व व्यापार सङ्गठन र सम्झौता यसै अवधिका परिचायक हुन् ।
यी कदम ठीक थिए, बेठीक थिए, आफ्नो ठाउँमा छन् । आआफ्नो दृष्टिकोणअनुसार यी सबै घटनाक्रमको विश्लेषण गर्न मानिस स्वतन्त्र छन् । तर, एउटा कुरा सत्य हो– तिनले आआफ्नो समयको पदचाप पक्रिएका थिए । युगको नाडी छामेका थिए । राष्ट्रपतिमा पात्र र पार्टी फेरिए पनि दोस्रो विश्वयुद्धपछि तिनको नीतिमा एक प्रकारको सङ्गति थियो । तिनलाई बुझ्ने र भविष्यको अनुमान गर्न सकिने प्रष्ट आधार थिए ।
यी ४ वर्षमा ट्रम्पले के गर्छन् भनेर अनुमान गर्न संसारलाई निक्कै गाह्रो भइरहेको छ । ट्रम्पवादको आगो धेरैलाई अपूर्वानुमानीय र अनौठो भान भइरहेको छ । ट्रम्प नेतृत्वकालमा अरु देशले कस्ता नीति, रणनीति अख्तियार गर्नु पर्ने हो, निर्क्योल गर्न सबैलाई गाह्रो भइरहेको छ ।
अमेरिका कसरी अघि बढ्छ, कता जान्छ, कस्ता नीति र घटनाको नेतृत्व गर्दछ, केकस्ता कुरालाई साथ दिन्छ वा दिँदैन भन्ने प्रश्नमा संसार भ्रमित थिएन । ट्रम्प अहिले दोस्रो मात्र हैन, अन्तिम कार्यकालमा छन् । सन् २०१६ मा उदाएका ट्रम्प सन् २०२० मा बिदा भए र फेरि २०२४ मा फिर्ता आए । तर, २०२८ पछि उनी फेरि फर्किने छैनन् । अमेरिकाको संवैधानिक प्रावधानले तेस्रो कार्यकालको सुविधा दिँदैन । तर, यी ४ वर्षमा ट्रम्पले के गर्छन् भनेर अनुमान गर्न संसारलाई निक्कै गाह्रो भइरहेको छ । ट्रम्पवादको आगो धेरैलाई अपूर्वानुमानीय र अनौठो भान भइरहेको छ । ट्रम्प नेतृत्वकालमा अरु देशले कस्ता नीति, रणनीति अख्तियार गर्नु पर्ने हो, निर्क्योल गर्न सबैलाई गाह्रो भइरहेको छ ।
ट्रम्पबारे अहिलेसम्म जेजति लेखिएका, व्याख्या विश्लेषण गरिएका छन् – तिनले उनका निर्णयको सीमा कोर्न र भविष्यको योजना बुझ्न सकिँदैन । पहिलो कार्यकालमा उनको राजनीतिक प्रवृत्तिलाई ‘अमेरिकी राष्ट्रवाद’, ‘श्वेत सर्वोच्चतावाद’ र ‘दक्षिणपन्थी प्रियतावाद’ मानिएको थियो । यही बुझाईलाई आधार बनाएर ‘हाउ डेमोक्रेसीज डाई’ नामको विश्व चर्चित पुस्तक लेखियो । राजनीतिशास्त्री लेखकद्वय डेनियल जिब्लाट र स्टेभेन लेभेत्स्कीले ट्रम्पलाई ‘डेमागग’ को सञ्ज्ञा दिए ।
डेमागग अर्थात् लोकतन्त्रभित्रबाटै, लोकतन्त्रका अवसर र प्रक्रियाको उपयोग गरेर उदाउने र लोकतन्त्रलाई नै हानी पुर्याउने राजनीतिक चरित्र ।
सन् २०१६ ताका यो विश्लेषण ठिकै हो कि जस्तो लाग्थ्यो । सन् २०२० को पराजयले ट्रम्प प्रियतावादको पारो ओरालो लागेको हो कि जस्तो पनि देखिएको थियो । सन् २०२१ जनवरी ६ को क्यापिटल हिलको आक्रमणपछि लोकतन्त्रप्रेमी अमेरिकी जनताले ट्रम्प युगको अन्त्य गरिदिने अपेक्षा धेरैको थियो ।
‘लोकतान्त्रिक, समावेशी र सहिष्णु’ अमेरिकाको चर्को नारा र ‘पहिचान राजनीति’ को उखरपात बौद्धिक विमर्शबीच दुवै पटक ट्रम्पले महिला प्रतिस्पर्धीलाई पराजित गरे । पहिलोपटक उनले हिलारी क्लिन्टनलाई हराए । जो एक सम्भ्रान्त राजनीतिक परिवारकी ‘भद्र महिला’ थिइन । पूर्वराष्ट्रपति बिल क्लिन्टनकी पत्नी र बराक ओबामाकालीन शक्तिशाली विदेशमन्त्री थिइन । यसपटककी कमला ह्यारिसँग झन बढी ‘आइडेन्टिटी अफर’ को प्याकेज थियो । उनी महिला थिइन, प्रथम महिला उपराष्ट्रपति थिइन । अश्वेत थिइन । भारतीय वा एसियन र अफ्रिकन आमा र बुबाकी सन्तान पनि थिइन । तथापि उनी ट्रम्पसँग हारिन ।
यी विश्लेषणका आलोकमा ट्रम्पबारेका अहिलेसम्मका कुनै पनि बुझाईले काम गरेको देखिन्न । यहाँसम्मकी उनीमाथिका नैतिक, आर्थिक र कानुनी आरोपले पनि कुनै काम गरेको पाइन्न । उनीमाथि यौनकर्मी महिलालाई ‘हस मनी’ दिएकोदेखि कर छलीसम्मका आरोप अदालतमा थिए । त्यसले पनि कुनै अर्थ राखेन ।
हुनतः ट्रम्पले पहिलो कार्यकालको ४ वर्षमा केही आशङ्का उत्पन्न गरे पनि दोस्रो विश्व युद्ध यताको अमेरिकी नेतृत्वको उदारवादी–लोकतान्त्रिक विश्व व्यवस्थालाई धेरै हानी गर्न सकेनन् । जब उनी दोस्रो कार्यकालमा हारेर ह्वाइट हाउसबाट बाहिरिए, उनको ठाउँमा जो बाइडन आए, अमेरिका फेरि पुरानै ट्रयाकमा सही सलामत फर्किएको देखियो ।
बाइडन प्रशासनको ४ वर्षे नीति र क्रियाकलापमा दोस्रो विश्व युद्धपछिको अमेरिकी विरासतको निरन्तरता नै झल्किन्थ्यो । उनले विश्व स्वास्थ्य सङ्गठनमा फिर्ता हुनेदेखि लोकतन्त्र शिखर सम्मेलन आयोजना गर्नेसम्मका काम गरेका थिए ।
भनिन्छ– पहिलो कार्यकालमा अमेरिकी राष्ट्रपतिहरू बढी सन्तुलित हुन्छन् किनकि, उनीहरूलाई दोस्रो कार्यकाल जित्नु पर्ने बाध्यता वा आशा हुन्छ । तर, दोस्रो कार्यकालमा उनीहरूको मनमा यस्तो भय समाप्त भइसकेको हुन्छ । उनीहरू ती काम गर्न थाल्दछन्, जो मनमा लागेको हुन्छ । ट्रम्पको सन्दर्भमा पनि यो कुरा कताकति मिलेजस्तो देखिन्छ । उनी त्यस्ता थुप्रै नयाँ कुरा भन्दैछन्, जो उनले पहिलो कार्यकालमा भन्न वा गर्न सकेका थिएनन् ।
सन् २०२० को हारपछि ट्रम्पवादबाट अमेरिका र विश्वले मुक्ति पाएको अर्थमा लामो सास फेर्नेहरू पनि धेरै थिए । तर, ट्रम्पले त्यतिखेरै २०२४ को प्रतिस्पर्धा समाना गर्ने घोषणा गरिसकेका थिए । अमेरिकी राजनीतिमा यो दुर्लभ प्रतिस्पर्धा थियो । एकपटक राष्ट्रपति भएको व्यक्ति हारेर पुन अर्को चुनावमा जितेको यो दोस्रो घटना थियो ।
उन्नाइसौँ शताब्दीमा स्टेफेन ग्रोभर क्लिभलैण्डले यस्तो अभिलेख बनाएका थिए । उनी सन् १८८४ को चुनाव जितेर सन् १९८८ मा हारेका थिए । सन् १८९३ मा फेरि जितेका थिए । उनी डेमोक्र्याटिक पार्टीका थिए । ट्रम्प यस्तो रेकर्ड बनाउने पहिलो रिपब्लिकन हुन् ।
भनिन्छ– पहिलो कार्यकालमा अमेरिकी राष्ट्रपतिहरू बढी सन्तुलित हुन्छन् किनकि, उनीहरूलाई दोस्रो कार्यकाल जित्नु पर्ने बाध्यता वा आशा हुन्छ । तर, दोस्रो कार्यकालमा उनीहरूको मनमा यस्तो भय समाप्त भइसकेको हुन्छ । उनीहरू ती काम गर्न थाल्दछन्, जो मनमा लागेको हुन्छ । ट्रम्पको सन्दर्भमा पनि यो कुरा कताकति मिलेजस्तो देखिन्छ । उनी त्यस्ता थुप्रै नयाँ कुरा भन्दैछन्, जो उनले पहिलो कार्यकालमा भन्न वा गर्न सकेका थिएनन् ।
यसपटक उनले मेक्सिको पर्खालको मात्र कुरा गरेका छैनन् । अवैध आप्रवासीलाई पक्रिएर कठोरतापूर्वक फिर्ता पठाइरहेका छन । क्यानडा र मेक्सिकोमाथि २५ प्रतिशत र चीनमाथि थप १० प्रतिशत शुल्क घोषणा गरेका छन् । क्यानडालाई अमेरिकाको ५१ औं राज्य बन्न दबाब दिइरहेका छन् । क्यानडाली प्रधानमन्त्री जस्टिन ट्रुडोलाई उनले अहिलेसम्म छिमेकी देशको प्रधानमन्त्रीको व्यवहार र सम्बोधन गरेका छैनन् । ‘अमेरिकन गभर्नर अफ क्यानडा’ भनिरहेका छन् । ट्रम्पका यस्तो अभिव्यक्ति क्यानडाली सार्वभौमसत्ताको ठाडो अपमान र उल्लङ्घन हो ।
मेक्सिको खाडीलाई अमेरिकी खाडी नामकरण गरेका छन् । पनामा नहरमाथि उनको ठूलो दाबी छ । पनामालाई उनले चिनियाँ विश्व परियोजना बीआरआईबाट फिर्ता हुन बाध्य पारेका छन् । ट्रम्प डेनमार्कको स्वायत्त प्रदेश तथा संसारकै ठूलो टापु ग्रीनल्याण्डमाथि पनि दाबी गरिरहेका छन् । गाजाबाट प्यालेस्टिनीलाई धपाउने र त्यहाँ रिसोर्टको शहर, विश्व पर्यटन केन्द्र बनाउने उनको चाहना छ । गाजाबाट प्रतिस्थापन गरिने प्यालेस्टिनीलाई लिन जोर्डन र इजिप्टलाई धम्की दिइरहेका छन् । त्यसले ति देश र समग्र अरब जगतमा कस्तो अस्थिरता निम्तिन्छ भन्ने उनले बुझ्न चाहेका छैनन् ।
रुस-युक्रेन युद्धले तेस्रो वर्ष प्रवेशसँगै रोचक मोड लिएको छ । साउदी अरबको रियादमा ट्रम्पका विदेशमन्त्री मार्को रुबियो र रुसी विदेशमन्त्री सर्गेइ लाभरोभले वार्ता गरेका छन् । रुस अधिनस्थ क्रिमिया, लुहान्स्क, दोनेस्क, जेपोरिझ्झिया, खार्सान, खार्किभ र कुस्र्क लगायतका २८ प्रतिशतभन्दा बढी भूभाग रुसलाई दिएर शान्ति वार्ता गर्न युक्रेनलाई दबाब दिइँदैछ ।
बितेका ३ वर्षमा युक्रेनलाई ३५० बिलियन डलर बराबरको सहयोग गरेको र त्यसवापत दुर्लभ खनिज पदार्थ पाउनु पर्ने ट्रम्पको माग छ । अन्यथा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेस्न्कीलाई किभको सत्ताबाट हटाइने धम्की दिएका छन् ।
ट्रम्पले जेलेन्स्कीका लागि ‘मध्यमस्तरको कमेडियन र तानाशाह’ जस्तो शब्द प्रयोग गरेका छन् । ट्रम्पको दबाबपछि युक्रेन ह्वाइट हाउससँग दुर्लभ खनिज पदार्थको सौदाबाजी गर्न बाध्य हुन लागेको छ । ट्रम्पले युक्रेनी खनिजमाथि ५० प्रतिशतको हिस्सेदारी माग गरिरहेका छन् ।
विश्वलाई जलवायु परिवर्तन र विश्व तापमान वृद्धिको सवालले चिन्तित बनाएको छ । तर, ट्रम्प भने हरित तथा नवीकरणीय उर्जाको साटो जिवाष्म उर्जाको उत्पादन बढाउने ध्याउन्नमा छन् । ‘ड्रिल, ड्रिल एण्ड ड्रिल’ उनको ग्यास तथा तेल उत्पादन वृद्धिको नारा बनेको छ । ग्रीनल्याण्डमाथिको अमेरिकी दाबीको करण यही बताइन्छ । आर्टिक क्षेत्रमा रहेको ग्रीनल्याण्डमा हिउँ पग्लिने क्रमसँगै तेल र ग्यासको सस्तो उत्खनन गर्न सकिने सम्भावना बढेको बताइन्छ ।
रोचक कुरा– ट्रम्पले अमेरिकी नागरिकता ‘गोल्ड कार्ड’ ५० लाख डलरमा बेच्ने योजना बनाएका छन् । ट्रम्पले यो नीतिमार्फत एक नयाँ उदाहरण पेश गरेका छन्– राम्रो पैसा पाए नागरिकता पनि बेच्न मिल्ने चिज रैछ । व्यापारी पृष्ठभूमिका ट्रम्पको आँखामा नागरिकता, विदेशनीति, राजनीति, युद्ध, शान्ति, समुद्र, नहर, अन्तरिक्ष नीतिमा पैसा प्रधान भएको छ ।
ट्रम्पले अमेरिकालाई विश्व स्वास्थ्य सङ्गठनबाट फेरि बाहिर निकालेका छन् भने यूएसएडमार्फतको मानवीय विपत सहायता कार्यक्रम विश्वभरि नै बन्द गरेका छन् । एमसीसी समेत स्थगन गरेका छन् । ट्रम्पका सहयोग तथा विश्वका नम्बर एक धनाढ्य एलन मस्कले त यूएसएडलाई ‘अपराधी सङ्गठन’ को सञ्ज्ञा समेत दिए । अमेरिकी सङ्घीय सरकारको खर्च कटौती गर्ने सन्दर्भमा यस्ता कदम चालिएको र यसको लाभांश अब अमेरिकी जनताले नै पाउने ट्रम्प–मस्कको दाबी छ ।
ट्रम्पका यस्ता क्रियाकलाप र भनाइबाट बाँकी विश्व मात्र हैन, स्वयं अमेरिकाका सहयोगी युरोपेली र नेटो देशसमेत हैरान छन् । बेलायती प्रधानमन्त्री कियर स्टार्मर, फ्रान्सेली राष्ट्रपति इम्मानुएल म्याक्रोँ र भरखरै चुनाव जितेका जर्मन नेता फ्रेडरिख मर्जले ट्रम्पका नीतिप्रति असन्तुष्टि व्यक्त गरिरहेका छन् । मर्जले त अमेरिकाबिनाको नेटो र युरोपेली सुरक्षा व्यवस्थाको कुरासमेत गरेका छन्, जो हुन सके विश्व राजनीतिमा निक्कै ठूलो मोड सावित हुन सक्दछ ।
ट्रम्पका यस्ता अनेक नीतिको विश्व प्रभाव के हुन्छ ? यसलाई कसरी बुझ्ने भन्नेबारेमा अहिले विश्वव्यापी अन्योल छ । ट्रम्पवादको आखिरी सार, सूत्र वा ‘प्यार्टन’ के हो ? के चाहन्छन् ट्रम्प ? कहाँ पुग्ने छ उनको यात्रा ? कस्तो बन्छ उनले चाहेको विश्वव्यवस्था ? कसैलाई थाहा छैन । कोही भन्न सक्ने अवस्थामा छैन ।
डेनमार्क, नर्वे, स्विडेन र फिनल्याण्डमा ट्रम्पप्रति नकारात्मक भावना बढ्न थालेको सङ्केत पाइएका छन् । युरोप–अमेरिका पनि आमनेसामने हुने वा नयाँ सौदाबाजी र सम्झौता हुने सम्भावना बढेको छ ।
ट्रम्पका यस्ता अनेक नीतिको विश्व प्रभाव के हुन्छ ? यसलाई कसरी बुझ्ने भन्नेबारेमा अहिले विश्वव्यापी अन्योल छ । ट्रम्पवादको आखिरी सार, सूत्र वा ‘प्यार्टन’ के हो ? के चाहन्छन् ट्रम्प ? कहाँ पुग्ने छ उनको यात्रा ? कस्तो बन्छ उनले चाहेको विश्वव्यवस्था ? कसैलाई थाहा छैन । कोही भन्न सक्ने अवस्थामा छैन ।
ट्रम्प बहुपक्षीयतावादी उदारवादी अन्तर्राष्ट्रिय विश्व व्यवस्थालाई अवरोध गरिरहेका छन् भन्ने प्रष्टै बुझिन्छ तर, कस्तो नयाँ विश्व व्यवस्था बनाउन चाहन्छन् भन्ने कुनै सङ्केत वा आकार छैन ।
कतिपयले यसलाई ‘बहुपक्षीयता’ को साटो ‘बहुध्रुवीयता’ को सङ्क्रमण मान्ने गरेका छन् । एकाध सङ्केत त्यस्तै हो कि जस्तो लाग्छ ।
जस्तो कि पनामादेखि क्यानडा र ग्रीनल्याण्डसम्मको दाबीले अमेरिका उत्तर शक्ति (नर्थ पावर) बन्न खोजेको भान हुन्छ । रुस ‘युरेसियन पावर’ बन्न खोजिरहेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका व्यवहार र उनीसँग वैचारिक सामीप्यता राख्ने चिन्तक अलेक्जेन्डर डुगिनका विचार सुन्दा त्यस्तै लाग्छ । यता युरोपियन युनियन ‘युरोपेली शक्ति’ बनेको छ । यसको नेतृत्व फ्रान्स र जर्मनीले गर्न खोजिरहेका छन् ।
राष्ट्रपति सी चिनफिङको ‘चिनियाँ शक्ति’ बन्ने महत्वाकाङ्क्षा सबैले बुझेकै छन् । उनले तिब्बत, इनर मङ्गोलिया र सिञ्जियानमाथिको पकड झन बलियो बनाएका छन् । तिब्बतको नाम परिवर्तन गरी ‘सिजाङ’ राखेका छन् । भारतको अरुणाञ्चल प्रदेशलाई दक्षिणी तिब्बत दाबी गरिरहेका छन् । अक्साइ चीनमाथि दबाब बढाएका छन् ।
दक्षिण चीन सागरमा प्रभुत्व बढाइरहेका छन् । बीआरआईमार्फत चिनियाँ आर्थिक साम्राज्यका लागि उपयोगी भौतिक संरचना र करिडोर बनाइरहेका छन् । उनी चीनको पुनर्एकीकरणको पक्षमा छन्, त्यो भनेको ताइवानको विलय हो भनेर सबैले बुझेको छ ।
मध्यपूर्वमा ‘अरब शक्ति’ बन्न सक्दछ । यसको नेतृत्व साउदी अरेबिया वा इरान कसैले लिन सक्ने छ । दक्षिण एसियामा भारत, पूर्वी दक्षिणमा इन्डोनेसिया, पूर्वी एसियामा जापान, ल्याटिन अमेरिकामा ब्राजिल र अर्जेन्टिना, अफ्रिकामा अफ्रिकन युनियन र अष्ट्रेलियाली महादीपमा एक्लो अष्ट्रेलिया छँदैछ । यसरी हेर्ने हो भने विश्वमा ८–१० वटा शक्ति केन्द्र निर्माण हुने र विश्व तिनैको प्रभाव क्षेत्र, प्रभुत्व, शक्ति सन्तुलन वा स्वार्थअनुरूप परिचालित हुनुपर्ने स्थिति बन्न सक्दछ ।
यसो भए ‘सभ्यता–राज्य’ ( सिभिलाइजेसनल स्टेट) अवधारणा क्रियाशील हुनसक्ने अवस्था आउन सक्दछ । ठूला सभ्यताहरू राष्ट्रकारूपमा रहने छन् । साना राष्ट्रहरू या त विलयन हुने या प्रभाव क्षेत्र अनुरूप कसै न कसैको प्रभुत्व स्वीकार गर्न बाध्य हुने छन् । अलेक्जेन्डर डुगिन त प्रष्ट यही धारणा राख्दछन् । विश्वमा ९ वटा देश भए पुग्छ– सभ्यता राष्ट्र यति नै हुन् । अरु राष्ट्र नभएर राज्य हुन् भन्ने तिनको धारणा पुटिनपछि ट्रम्पले समेत अवलम्बन गर्न खोजेको त हैन ? यो प्रश्न निक्कै गम्भीर छ ।
‘सभ्यता–राज्य’को मान्यता क्रियाशील भएमा ट्रम्प, पुटिन र सीको नीति एउटै हुन सक्दछ । यी सजिलै मिल्न सक्ने छन् । डुगिन सबैका साझा गुरु सावित हुनेछन् । तर, यो विश्लेषण पनि एक प्रकारको सङ्केत नै हो, आकारित भइसकेको यथार्थ हैन ।
जुन कोणबाट हेरे पनि, जताबाट नापे पनि ट्रम्पवादको आगोले धुँवा मात्र उडाइरहेको छ । कुनै नयाँ विश्व परिवेशलाई पकाइरहेको छैन । हुन सक्दछ ४ वर्षपछि उनी रित्तो हात त्यसरी नै ह्वाइट हाउसबाट निस्केर जाने छन्, जसरी पहिलो कार्यकालमा गएका थिए । उनको ठाउँमा जो बाइडनजस्तै कोही आउने छ जसले बहुपक्षीयता र दोस्रो विश्वयुद्धपछि निर्मित उदारवादी अन्तर्राष्ट्रिय व्यवस्था जस्ताको त्यस्तै पुनर्स्थापित गर्ने छ । ‘अपूर्वानुमानीयता’ अर्थ नै यस्ता अनेक सम्भावनाबीच यसै भन्न नसकिने अवस्था हो ।
छोटै अवधिका लागि होस् सही– अमेरिकी राजनीतिमा ट्रम्पवादले बालेको आगोको धुँवा विश्वभरि फैलिएको छ । नेपाल पनि त्यसबाट अछुतो छैन । नेपाल यो धुँवामा रुमल्लिएको प्रष्टै देख्न सकिन्छ । नेपालमा ट्रम्पवादी विश्व दृष्टिकोणलाई लिएर ठूलो भ्रम पैदा भएको छ । यहाँका राजनीतिक शक्ति स्वयं आकारित नभइसकेको ट्रम्पवादी विश्व व्यवस्था, नियति र नियतको अवसरवादी व्याख्या गर्नतिर लागेका छन्– जसको कुनै सङ्गति र दीर्घकालीन भविष्य छैन ।
जस्तो कि एमसीसी स्थगनको विषयलाई लिएर केही कम्युनिष्ट समूहले ट्रम्पप्रति कृतज्ञता व्यक्त गरेका छन् । धन्यवाद दिएका छन् । एमसीसीको प्रक्रियामा सामेल भएकाहरू रक्षात्मकजस्तो देखिएका छन् । अर्कोतिर यूएसएड बन्द गर्ने निर्णयलाई स्वागत गर्नेको लर्को छ ।
युएसएडमार्फत नेपालमा खर्च भएको पैसा एकअर्काले खाएको आरोप लगाइँदैछ । राजावादी भनिने चरम दक्षिणपन्थी र साम्यवादीभित्रको उग्रवामपन्थी समूहले काङ्ग्रेसकम्युनिष्ट (कम्युनिष्टमध्ये विशेषतःः एमाले) माथि यूएसएडको पैसा खाएर देश परनिर्भर बनाएको आरोप लगाउँदैछन् ।
यी तर्क धुँवाभित्र रुमल्लिएको मान्छेले पिरो भएका आँखा मिच्दै रोएको वा अरुलाई सरापेको दृष्यभन्दा फरक हैन । अमेरिकी आर्थिक सहयोग नेपालमा १९५१ बाट आउन थालेको हो । यूएसएड सन् १९६१ मा स्थापित भएको हो । त्यतिखेर राजा महेन्द्र देशको सर्वेसर्वा शासक थिए । सबैभन्दा धेरै अमेरिकी सहयोग राजतन्त्र र पञ्चायतकालमा आएको थियो ।
नेपालमा यदि कुनै शासकले सबैभन्दा धेरै अमेरिकी सहयोग पाए भने महेन्द्र शाहले पाए । धेरै यस अर्थमा कि अमेरिकी सहयोगको सुरुवाती दौरमा महेन्द्रको तानाशाही अमेरिकाको हित अनुकुल थियो । महेन्द्रलाई प्रयोग गरेर काठमाडौंबाट सीआईएले खम्पा विद्रोहलाई सहयोग गर्थ्यो ।
यूएसएड जोन अफ केनेडीले स्थापना थिए । राजा महेन्द्र र निर्दलीय पञ्चायत डीडी आइजनहावर युगका उत्पादन थिए । महेन्द्रको तानाशाही त्यो युगमा सम्भव भएको थियो, जब अमेरिका शीतयुद्ध र सोभियत सङ्घसँगको सैन्य प्रतिस्पर्धा अनुकुलन गर्न विश्वभरिका तानाशाहलाई प्रवर्द्धन गर्दै थियो । अमेरिकाका लागि त्योबेला मुख्य दुस्मन शक्ति कम्युनिष्टहरू थिए । कम्युनिष्टहरूलाई सत्तामा आउन रोक्ने वा आएकालाई अपदस्थ गर्ने शर्तमा जुनकुनै प्रकारको तानाशाहीलाई साथ दिन अमेरिका तयार थियो ।
नेपालमा यदि कुनै शासकले सबैभन्दा धेरै अमेरिकी सहयोग पाए भने महेन्द्र शाहले पाए । धेरै यस अर्थमा कि अमेरिकी सहयोगको सुरुवाती दौरमा महेन्द्रको तानाशाही अमेरिकाको हित अनुकुल थियो । महेन्द्रलाई प्रयोग गरेर काठमाडौंबाट सीआईएले खम्पा विद्रोहलाई सहयोग गर्थ्यो ।
यो परिदृष्य बद्लिएको महेन्द्रको मृत्यु, वीरेन्द्रको उदय, अमेरिकामा रिचर्ड निक्सन युगको प्रारम्भ, चीन–अमेरिका सम्बन्ध सुधारपछि मात्र हो । जसलाई विश्व राजनीति र कुटनीतिमा ‘किसिञ्जर नीति’ भन्ने गरिन्छ । ट्रम्पवादको धुँवाभित्र आँखा मिचिरहेकाहरूले यो यथार्थ देख्न सक्ने कुरै भएन ।
एमसीसी भने सेप्टेम्बर ११ को ट्वीनटावर आक्रमणपछिको परिघटना थियो । जर्ज डब्लु बुस जुनियरले यो नीति अघि सारेका थिए । आतङ्कवाद विरुद्धको सङ्घर्ष र सहकार्य भनिएको यो अवधिमा पनि अमेरिका–चीन नजिक थिए । यही अवधिमा अमेरिकाले इरान, अफगानिस्तानजस्ता देशमा आक्रमण गर्यो । चीनले सिञ्जियान र तिब्बतमाथिको नियन्त्रण कठोर पार्यो । दुवैले एकअर्काको सैद्धान्तिक विरोध मात्र गरे, कुनै अवरोध गरेनन् ।
नेपालका कुनै नेतासँग दम थिएन कि तिनले यूएसएड वा एमसीसी नेपाल ल्याउन । त्यो यस कारणले आएको थियो कि त्यतिखेरको अमेरिकी विदेशनीति अन्तर्गतका कदम थिए । अमेरिकाले दिन चाहेको युगमा ति आए, अब ट्रम्प रोक्न चाहन्छन् भने कुन नेपालीको के लाग्छ ? तसर्थ ट्रम्प नीतिबाट राजावादी र उग्रवामपन्थी साम्यवादी खुशी हुनु पर्ने, ‘लेफ्ट–लिवरल’ खेमा निरास, दुखी र प्रतिरक्षात्मक हुनु पर्ने कुनै गतिलो कारण देखिन्न ।
रुससँग युक्रेनको २८ प्रतिशत भूभागको सौदाबाजी गरिरहेका ट्रम्पले ताइवान र नेपाल नीतिमा चीनसँग सौदाबाजी नगर्लान् भन्न सकिन्न । तसर्थ नेपालमा चिन्ता र सरोकार अन्यत्रै हुनुपर्ने हो तर, यहाँ त धुवाँभित्र पसेर आँखा मिच्ने र एकअर्कालाई सत्तोसराप गर्ने काम मात्र भइरहेको छ ।
खासमा नेपालमा अहिले बहस, छलफल र चर्चा हुनुपर्ने मुख्य विषय उपरोक्त ३ वटा हुन् । तर, ट्रम्पवादको धुँवाले सबैका आँखा मात्र पोलेका छन् । सबै सस्ता र प्रियतावादी क्रियाप्रतिक्रियामा लिप्त् हुँदै गएका छन् ।
ट्रम्पवादले झोसेको आगो र विश्वभरि फैलिएको पिरो धुँवापछि नेपालमा चिन्ता र गम्भीरता हुनु पर्ने मुख्य ३ वटा विषयमा हो ।
पहिलो– ट्रम्पले साँच्चै ‘बहुध्रुवीयता’ र ‘सभ्यता–राज्य’ को नाममा ठूला शक्ति राष्ट्रसँग साना र कमजोर राष्ट्रहरूको सार्वभौमसत्ता, अखण्डता र स्वायत्तताको सौदाबाजी गर्न थाले भने त्यसले भयावह मानवीय सङ्कट निम्त्याउने छ विश्वभरि ।
जस्तो कि गाजाबाट २० लाखभन्दा धेरै प्यालेस्टिनीलाई जोर्डन र इजिप्टतिर धपाउने नीति के कम खतरनाक हो ? के यो दोस्रो विश्व युद्धताका नाजी जर्मनले यहुदीमाथि गरेको नरसंहारको अर्को संस्करण बन्दैन् ? के त्यस्तो बेला पनि नेपालका राजावादी र उग्रवामपन्थी साम्यवादीहरू ट्रम्पलाई बधाई दिइरहेका होलान् ? हुन सक्लान् ?
ट्रम्पले नेपाललाई भारत वा चीनको प्रभाव क्षेत्रभित्रको ग्रीनल्याण्ड, गाजा, पनामा वा क्यानडाजस्तै ठान्दिए वा मान्दिए भने के हालत होला ? नेपालका तथाकथित राष्ट्रवादीहरूले त्यतिखेर के भन्लान् ?
दोस्रो कुरा– अमेरिकाले यूएसएड र एमसीसी बन्द गरोस्, त्यो उसको खुशीको कुरा हो । ट्रम्प नीतिको प्रभाव त्यतिमा सीमित हुँदैन । बहुपक्षीय संस्थाहरूको ऋण, सहायता र अनुदानमा पनि पर्न थाल्छ । जस्तो कि विश्व स्वास्थ्य सङ्गठनबाट अमेरिका निस्कँदा यो बहुपक्षीय संस्था नै निस्क्रिय वा पङ्गुजस्तो बन्न पुग्दछ । किनकि विश्व स्वास्थ्य सङ्गठनको करिब ३८ प्रतिशत खर्चभार अमेरिका एक्लैले बोक्दै आएको थियो । अब त्यो कसले दिन्छ ?
संयुक्त राष्ट्र सङ्घ, यसका नियोग, विश्व बैङ्क, आइएमएफ र एसियाली विकास बैङ्कमार्फत प्राप्त भइरहेका सहायता पनि परोक्षतः प्रभावित हुन सक्दछन् । वार्षिक बजेटमै वैदेशिक ऋण तथा अनुदान सहायताको शीर्षक राखेर सानो आकारको त्यो पनि घाटा बजेट बनाउने नेपालजस्ता देशको वैकल्पिक स्रोत परिचालनको उपाय के हुन्छ ? नेपालको परनिर्भरता घटाउने र स्व:निर्भर बन्दै जाने बाटो के हो ?
तेस्रो–ट्रम्पवादको आगो साँच्चै सल्कियो र धुँवा मात्रै हैन, ज्वाला नै नेपालसम्म आइपुग्यो भने हामी आफ्नो विदेश नीतिमा कसरी र कस्तो समायोजन गर्ने छौँ ? नयाँ परिवेशको अन्तर्राष्ट्रिय मञ्चमा नेपालका अवसर र चुनौती के हुन्छन् ?
के अमेरिकाले हात झिकेको नेपाल भूराजनीतिक दृष्टिले चीनका लागि उत्तिकै महत्त्वपूर्ण रहन्छ ? वा स्वयं ट्रम्पवादको मनोवैज्ञानिक दबाब खेपिरहेको भारतले अब के गर्छ ? ट्रम्पवादको दबाबबीच भारत–चीन–नेपालबीच त्रिदेशीय समझदारी, साझेदारी र सहकार्यको कुनै सम्भावना रहन्छ कि रहँदैन ? स्वयं चीन–अमेरिकाबीच कुनै लेनदेन र सौदाबाजी भयो भने भारत र नेपालजस्ता देशको रणनीति के हुनु पर्ला ?
खासमा नेपालमा अहिले बहस, छलफल र चर्चा हुनुपर्ने मुख्य विषय उपरोक्त ३ वटा हुन् । तर, ट्रम्पवादको धुँवाले सबैका आँखा मात्र पोलेका छन् । सबै सस्ता र प्रियतावादी क्रियाप्रतिक्रियामा लिप्त् हुँदै गएका छन् ।
अन्त्यमा यो भ्रम नपरोस् नेपालमा होस् वा विश्वभरि ‘लेफ्ट– लिवरल वर्ल्ड अर्डर’ का आफ्नै समस्या, कमजोरी, नालायकी र असफलताहरू थिए– यो पङ्क्तिकारले तिनको प्रतिरक्षा गरिरहेको छैन । अमेरिकामा ट्रम्पवादको उदय हुनुमा त्यहाँको बाइडन–ह्यारिस नेतृत्व समूहका कमजोरी जिम्मेवार थिए । नेपालमा काङ्ग्रेस–एमालेको असक्षमता, असफलता र अधमताको आफ्नै लामो शृङ्खला छ ।
प्रश्न कति मात्र हो भने– के ‘वाम–उदारवादी असफलता’ को विकल्प ट्रम्पवाद हो ? विश्वलाई अझ राम्रो, उन्नत, समावेशी, न्यायपूर्ण र समतामूलक बनाउँदै लैजाने कि सङ्किर्णता र विभूमण्डलीकरणतिर धकेल्ने ?
के ट्रम्पले क्यानडा, ग्रीनल्याण्ड, पनामा र गाजामाथि दाबी गर्ने अधिकार राख्दछन् ? युक्रेनको सौदाबाजी गर्न पाउँछन् ? भोलि ठीक यस्तै व्यवहार नेपालमाथि कसैले गर्यो भने हाम्रो भनाइ के होला ? के विश्वसँग हारगुहार गर्ने र सहयोग माग्ने नैतिक अधिकार हामीले बाँकी राखौँला ?
खासमा यी प्रश्नमा कथित राष्ट्रवादीहरू वा ट्रम्प–रोमाञ्चकतावादीहरूको भनाइ के हो ? बुझ्न सकिएको छैन ।
ओली, देउवा, दाहाल महोदय ! यस्तो चालाले कहिलेसम्म धानिएला देश ?
के राजावादीले भनेजस्तो बेलायतमा राजतन्त्र फर्किएको हो ?
राजावादी अराजकताले उठाएको यक्ष प्रश्न
थप लेख
लोकप्रिय (यो साता)
-
१
महानगर आउन छाडे बालेन
-
२
भारतबाट पक्राउ परे दुर्गा प्रसाईं
-
३
कांग्रेसबाट आलोचित ओली, सरकार बदनाम भएको देउवाको स्वीकारोक्ति
-
४
राजु पाण्डेलाई निलम्बन गर्न माग
-
५
आमिर खान पहिलोपटक प्रेमिका गौरीसँग सार्वजनिक कार्यक्रममा
-
६
ओली, देउवा, दाहाल महोदय ! यस्तो चालाले कहिलेसम्म धानिएला देश ?
-
७
सरकारी वकिलको कार्यालयमा दुर्गा प्रसाईंसँग बयान लिइँदै
-
८
रविविरुद्धको मुद्दामा कागजात स्क्यान गरी अपलोड गर्न सर्वोच्चको आदेश
न्यूज अपडेट
-
म्याराथनमा सहभागी हुन सन्तोषी लन्डन जाने
-
एशियामा उल्टो परिणाम आउनसक्ने ट्रम्प हिँडिरहेको बाटो
-
काङ्ग्रेस-एमालेको संगतले विग्रिएको भन्दै क्षमा दिन प्रचण्डको आग्रह
-
पन्ध्र गोही राप्तीमा छाडियो
-
आईपीएलमा म्याच फिक्सिङको आशङ्का, बीसीसीआईले दियो यस्तो चेतावनी
-
बढ्यो सेयर बजार, यी हुन् सर्वाधिक कारोबार हुने पाँच कम्पनी
-
काङ्ग्रेस महामन्त्रीद्वयका स्पष्टीकरण : सत्ता होइन, कार्यशैली बदल्ने अभियानमा छौँ
Facebook Comment
Comment