काठमाडौं । नेपालको पहिलो एक सय माइलको केभीआर स्टेज रेस च्यालेन्जको पाँचौं चरणमा पुरुषतर्फ लोकेन्द्र राई र महिलातर्फ सोनिमा शेर्पा पहिलो भएका छन् ।
शनिबार भएको फर्पिङमा सुरु भएर सिङ्गल ट्रीमा सम्पन्न भएको ३२ किमी दौडको पुरुषमा लोकेन्द्र राईले निर्धारित दूरी तीन घन्टा ४६ मिनेट ४४ सकेन्डमा पूरा गरेका हुन् ।
प्रविन ताम्लिङ तीन घन्टा ५७ मिनेट ४० सकेन्ड समय लगाएर उपविजेता र राम चन्द्र महतारा चार घन्टा ०८ मिनेटमा दौड पूरा गरेर तेस्रो स्थानमा रहे ।
महिलातर्फ च्याम्पियन बनेकी सोनिमा शेर्पाले पाँच घन्टा ०३ मिनेट ४० सकेन्डमा दौड पूरा गरे । यसैगरी उपविजेता बनेकी एनी माइ बानले पाच घन्टा २२ मिनेट ०८ सकेन्ड समय लगाइन् । अनिशा गुरुङले पाँच घन्टा ५१ मिनेट ४४ सकेन्ड लगाएर तेस्रो स्थान हासिल गरिन् ।
सो स्टेज रेस च्यालेन्सको पाँचौं चरणमा २० विदेशीसहित कूल ५६ जना धाविक-धाविकाको सहभागिता रहेको थियो । नेपाल ओलम्पिक कमिटीका निरज श्रेष्ठले विजेता धावकधाविकाहरुलाई पुरस्कार प्रदान गरे ।
मञ्जुश्री ट्रेल रेस आगामी चैत १ देखि ३ गतेसम्म हुने आयोजक ट्रायलमान्डुले जनाएको छ ।
Facebook Comment
Comment