च्याम्पियन्स ट्रफी : ‘भारतले जितोस्’ भन्दै काशीमा पूजा

नेपालभ्युज

च्याम्पियन्स ट्रफी : ‘भारतले जितोस्’ भन्दै काशीमा पूजा

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा भारत र अष्ट्रेलिया बीचको खेल दुबईमा हुँदैछ ।

यस खेलमा भारत केवल खेल जित्ने कुरामा मात्र केन्द्रित छैन, अष्ट्रेलियासँगको पुरानो स्कोर मिलाउने कुरामा पनि केन्द्रित छ ।

यस खेलअघि भारतीय प्रशंसकले धर्म र अध्यात्म शहर काशीको गङ्गा घाटमा भारतको जितको लागि प्रार्थना गरेका छन् । यति मात्र होइन, बनारसमा फ्यानहरूले सारनाथ शिव मन्दिरमा टीम इन्डियाको जितको लागि भगवान शिवलाई ११ लिटर दूधले अभिषेक गरे ।

समाचार एजेन्सी एएनआईले एक्समा एउटा भिडिओ साझा गरेको छ, जसमा क्रिकेट प्रशंसकहरूले वाराणसीको एक मन्दिरमा शिवलिङ्गमा दूध चढाइरहेका छन् र भारतको जितको लागि प्रार्थना गरिरहेका छन् ।

अष्ट्रेलियामाथि घरेलु मैदानको विश्वकप फाइनलमा भोगेको पराजयको बदला लिने दाउमा भारत


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved