च्याम्पियन्स लिग

मड्रिड डर्बीमा रियलको बाजी, यस्तो छ अन्य तीन खेलको नतिजा

नेपालभ्युज

मड्रिड डर्बीमा रियलको बाजी, यस्तो छ अन्य तीन खेलको नतिजा

काठमाडौं । युराेपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गतको मड्रिड डर्बीमा साविक विजेता रियल म्याड्रिडले बाजी मारेको छ ।

बुधबार बिहान सान्टियागो बर्नाबाओमा भएको अन्तिक १६ को खेलमा स्पेनिस क्लब रियलले सहरी प्रतिद्वन्द्वी एट्लेटिको मड्रिडमाथि २–१ गोलअन्तरको जित हासिल गरेको हो ।

रियलको जितमा मोरक्कोका खेलाडी ब्राहिम डियाजले निर्णायक गोल गरे ।

खेलमा घरेलु टोली रियलले चौथो मिनेटमै ब्राजिलियन खेलाडी रोड्रिगोको गोलमार्फत अग्रता लिएको थियो । तर अर्जेन्टाइन जुलियन अल्भारेजले ३२औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए ।

तर डियाजले ५५औं मिनेटमा गोल गरेपछि रियल विजयी भएको हो । यससँगै सर्वाधिक १५ पटकको विजेता रियलले क्वार्टरफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

अब अर्को हप्ता एट्लेटिको मैदानमा हुने खेलमा यही नतिजा कायम राखे रियल क्वार्टरफाइनलमा पुग्नेछ ।

बुधबार बिहान नै भएका अन्य खेलमा इङ्लिस क्लबहरू एस्टन भिल्ला र आर्सनल विजयी भए । जर्मन क्लब बोरुसिया डर्टमन्ड र फ्रेन्च टोली लिलले १–१ गोलको बराबरी खेले ।

भिल्लाले बेल्जियन टोली क्लब ब्रागालाई ३–१ गोलअन्तरले हराउँदा आर्सनलले डच क्लब पीएसभीमाथि ७–१ को फराकिलो जित हासिल गर्यो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved