च्याम्पियन्स ट्रफीको दोस्रो सेमिफाइनल

दक्षिण अफ्रिका विगतमा न्युजिल्यान्डमाथि हाबी

नेपालभ्युज

दक्षिण अफ्रिका विगतमा न्युजिल्यान्डमाथि हाबी

काठमाडौं । च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आज (बुधबार) समान एक पटकका विजेता दक्षिण अफ्रिका र न्युजिल्यान्ड भिड्दैछन् ।

यो खेल नेपाली समयअनुसार दिउँसो २ः४५ बजे पाकिस्तानको लाहोरस्थित गद्दाफी रङ्गशालामा हुनेछ । आजको विजेताले मार्च ९ तारिखमा भारतसँग उपाधि भिडन्त गर्नेछ ।

फाइनल खेल यूएईको दुबई अन्तराष्ट्रिय रङ्शालामा हुनेछ । मङ्गलबार राति सकिएको पहिलो सेमिफाइनलमा भारत अष्ट्रेलियामाथि जित निकाल्दै फाइनलमा पुगेको हो ।

जारी प्रतियोगितामा दक्षिण अफ्रिका अपराजित छ । उसले समूह चरणमा अफगानिस्तान र इङ्ग्ल्यान्डले हराएको थियो । अष्ट्रेलियाविरुद्धको खेल भने पानी परेका कारण हुन सकेन ।

अर्कोतिर न्युजिल्यान्ले भने समूह चरणमा बङ्गलादेश र आयोजक पाकिस्तानलाई हराउँदा भारतसँग भने पराजय ब्यहोरेको थियो ।

यसर्थ समूह चरणको नतिजा हेर्दा दक्षिण अफ्रिका लयमा देखिएको छ । विगत हेर्दा पनि न्युजिल्यान्डमाथि दक्षिण अफ्रिका हाबी देखिन्छ । यी दुई टोलीबीच हालसम्म भएका ७३ वटा एकदिवसीय (ओडीआई) खेलमा दक्षिण अफ्रिका ४२ मा विजयी भएको छ ।

न्युजिल्यान्ड भने २६ खेलमा मात्र विजयी भएको छ । च्याम्पियन्स ट्रफीमा भने दुई खेल खेल्दा दुवैले एक–एक खेल जितेका छन् । यसर्थ न्युजिल्यान्ड आज आफूलाई कमजोर नठानी दक्षिण अफ्रिकाविरुद्ध जित दर्ता गर्दै फाइनलमा पुग्न चाहन्छ ।

यता दक्षिण अफ्रिका भने समग्र ओडीआई खेलमा राखेको वर्चश्वलाई कायमै राख्दै न्युजिल्यान्डलाई हराउँदै फाइनलमा स्थान बनाउन चाहन्छ ।

अष्ट्रेलियासँग भारतको बदला, चार विकेटले हराउँदै फाइनलमा

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved