कुलमानलाई कार्यसम्पादनमा शून्य अङ्क दिएकोमा माओवादीको विरोध, रुलिङको माग

नेपालभ्युज

कुलमानलाई कार्यसम्पादनमा शून्य अङ्क दिएकोमा माओवादीको विरोध, रुलिङको माग

काठमाडौं । विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कार्यसम्पादनमा सरकारले शून्य अङ्क दिएकोमा माओवादी केन्द्रले विरोध गरेको छ ।

संसद्‌मा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले कार्यसम्पादनमा दिएको अङ्कप्रति विरोध जनाएका हुन् । “सरकारले आफ्नो मूल्याङ्कन नहेर्ने तर प्राधिकरणलाई नाफामा लैजानेलाई शून्य अङ्क दिने विषयको हामी विरोध गर्दछौँ । यस विषयमा सभामुखसँग सरकारलाई रूलिङ्को माग पनि गर्दछौँ,” उनले भने ।

सार्वजनिक संस्थाहरू घाटामा गइरहेको अवस्थामा नाफामा लैजाने र विद्युत् व्यापार सम्झौता गरिरहेका घिसिङलाई शून्य अङ्क दिनु जायज नभएको उनले बताए । घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ मा गरेका कार्यसम्पादन मूल्याङ्कनमा शून्य  अङ्क प्रदान गरेको हो ।

मन्त्रालयकै सहसचिवमा जीवछ मण्डलको संयोजकत्वमा कार्यसम्पादन रहेको मूल्याङ्कन समितिले घिसिङलाई उक्त नम्बर दिएको हो ।

घिसिङले कार्यसम्पादन करारबमेजिम प्रगति प्रतिवेदन समयमा नबुझाएकाले उनलाई शून्य नम्बर दिइएको ऊर्जा मन्त्रालयको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved