मधेस कृषि विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रार निलम्बित

नेपालभ्युज

मधेस कृषि विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रार निलम्बित

जनकपुर । मधेस कृषि विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रार निलम्बनमा परेका छन् ।

विश्वविद्यालयको सिनेटले उपकुलपति डा. वैजनाथ महतो र रजिष्ट्रार भगवान ठाकुरलाई निलम्बन गरेको हो । सिनेटको बहुमतले महतो र यादवलाई निलम्बन गरेको मधेस प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले जानकारी दिइन् ।

प्रदेश सरकारका नीति तथा योजना आयोगका उपाध्यक्ष डा. सोहनप्रसाद साहको नेतृत्वमा गठित तीन सदस्य समितिको सुझावअनुसार निलम्बन गरिएको मन्त्री शर्माको भनाइ छ ।

गत असोज ७ मा बुझाइएको प्रतिवेदनले उनीहरू अनाधिकृत गतिविधिमा संलग्न देखाएकाले दुवैलाई निलम्बन गरिएको मन्त्रीले बताइन् ।

सिनेट बैठकले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम पनि पारित गरेको छ । नीतित तथा कार्यक्रम रोकिँदा विश्वविद्यालयको आर्थिक कारोबार ठप्प भएको थियो ।

आर्थिक कारोबार रोकिएर तलब नपाएपछि कर्मचारीहरूले तलब माग गर्दै फागुन पहिलो साता विश्विद्यालयमा तालाबन्दीसमेत गरेका थिए । सिनेटका निर्णय कार्यान्वयनमा गएसँगै विश्वविद्यालयका सबै समस्या समाधान हुने मन्त्री शर्माको विश्वास छ ।

उपेन्द्र-सिके टकरावले बन्द हुने अवस्थामा मधेस कृषि विश्वविद्यालय


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved