च्याम्पियन्स लिग

पीएसजी लिभरपुलसँग घरमै पराजित, बार्सिलोनाको कठिन जित

नेपालभ्युज

पीएसजी लिभरपुलसँग घरमै पराजित, बार्सिलोनाको कठिन जित

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लिभरपुलसँग घरेलु मैदानमै पराजित भएको छ ।

पार्स डेस प्रिन्सेसमा बिहीबार बिहान भएको अन्तिम १६ को खेलमा पीएसजी इङ्लिस क्लब लिभरपुलसँग १–० गोल अन्तरले पराजित भएको हो ।

लिभरपुलको जितमा हार्बी इलियटले खेलको ८७औं मिनेटमा निर्णायक गोल गरेका थिए ।

यससँगै ६ पटकको विजेता लिभरपुलले क्वार्टरफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

यस्तै बिहीबार बिहान नै सकिएको अर्को खेलमा स्पेनिस क्लब बार्सिलोनाले बेन्फिकामाथि कठिन जित दर्ता गराएको छ ।

बार्सिलोनाले घरेलु टोली बेन्फिकामाथि १–० गोलअन्तरको कठिन जित हासिल गरेको हो ।

खेलको २२औं मिनेटमा पाउ कुर्बासीले रातो कार्ड पाएपछि बार्सिलोना १० खेलाडीमा सीमित भयो । यसका बाबजुद राफिन्हाले खेलको ६१औं मिनेटमा गोल गरेर टोलीलाई जित दिलाए । अब अर्को हप्ता घरेलु मैदानमा हुने दोस्रो लेगमा बार्सिलोनाले यही नतिजा कायम राखेमा उ क्वार्टरफाइनलमा पुग्नेछ ।

बिहीबार बिहान नै सकिएका अन्य खेलहरूमा इटालियन क्लब इन्टर मिलानले डच क्लब फेयनुर्डलाई २–० ले हराएर क्वार्टरफाइनल सम्भावना मनबुत बनाएको छ ।

यस्तै जर्मन डर्बीको खेलमा ६ पटकको विजेता बायर्न म्युनिखले बायर लेभरकुसनलाई ३–० गोलअन्तरले हरायो । यस नतिजाले बायर्न अन्तिम ८ मा पुग्ने सम्भावना बलियो बनेको छ ।

मड्रिड डर्बीमा रियलको बाजी, यस्तो छ अन्य तीन खेलको नतिजा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved