च्याम्पियन्स ट्रफी

सबैभन्दा बढी विकेट लिने खेलाडी बन्न हेनरी र शामीबीच प्रतिस्पर्धा

नेपालभ्युज

सबैभन्दा बढी विकेट लिने खेलाडी बन्न हेनरी र शामीबीच प्रतिस्पर्धा

काठमाडौं । च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगितामा सबैभन्दा बढी विकेट लिनेमा फाइनलमा पुगेका दुई टोलीका खेलाडीबीच प्रतिस्पर्धा भइरहेको छ । न्युजिल्यान्डका म्याट हेनरी र भारतका मोहम्मद शामीबीच प्रतिस्पर्धा चलिरहेको हो ।

सेमिफाइनलका खेल सकिँदा ४ इनिङ्समा हेनरीले सर्वाधिक १० विकेट लिएका छन् । उनले बुधबार राति दक्षिण अफ्रिकाविरुद्ध २ विकेट लिँदै शामीलाई उछिनेका थिए । यसर्थ हेनरीलाई ८ विकेट लिएका शामीले पछ्याइरहेका छन् ।

आगामी आइतबार हुने फाइनलले सबैभन्दा बढी विकेट खेलाडी को बन्नेछन् भन्ने निर्धारण गर्नेछ । शामीले २ विकेट लिए मात्र हेनरीसँग बराबरी हुन्छ । यसर्थ यसमा हेनरीको पल्ला भारी छ ।

हेनरी र शामीलाई भारतका वरुण चक्रवती र न्युजिल्यान्डका कप्तान मिचेक सेन्टनरले पछ्याइरहेको छन् । उनीहरूले समान ७ विकेट लिएका छन् ।

यस्तै ७ नै विकेट लिएका अफगानिस्थानका अज्मातुल्लाह ओमारजाई र अष्ट्रेलियाका बेन ड्वारशुइसले पनि ७ विकेट नै लिएका छन् । तर अफगानिस्तान र अष्ट्रेलिया प्रतियोगिताबाट बाहिरिइसकेकाले यी २ शीर्ष स्थानको प्रतिस्पर्धामा छैनन् ।

दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड फाइनलमा, भारतसँग उपाधि भिडन्त

तीनवटै खेल हारेर समूह चरणबाटै बाहिरिएको इङ्ल्यान्डका दुई खेलाडी बढी रन बनाउनेको शीर्ष स्थानमा

 

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved