एमाले र काङ्ग्रेसका नेता–कार्यकर्तासहित कम्तीमा ३०० जना माओवादी केन्द्रमा प्रवेश

नेपालभ्युज

एमाले र काङ्ग्रेसका नेता–कार्यकर्तासहित कम्तीमा ३०० जना माओवादी केन्द्रमा प्रवेश

रौतहट । रौतहटमा विभिन्न पार्टी परित्याग गरी कम्तीमा ३०० जना नेता–कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

हुलाकी मार्ग केन्द्रित जनतासँग माओवादी, तराई मधेस जागरण अभियानका क्रममा गडीमाई नगरपालिका–९ मलाहीटोलमा शुक्रबार आयोजित कार्यक्रममा उनीहरू पार्टी प्रवेश गरेको माओवादी केन्द्रले जनाएको छ ।

नवप्रवेशीहरूलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा स्वागत गरेका थिए ।

नेकपा एमाले चन्द्रपुर नगर उपाध्यक्ष एवं तामाङ लोकतान्त्रिक मोर्चाका जिल्ला अध्यक्ष लालबहादुर दोङ, आजपा केन्द्रीय सदस्य अरुण पासवान, नेपाली काङ्ग्रेसका बली सहनीको नेतृत्वमा उनीहरू माओवादी केन्द्र प्रवेश गरेका हुन् ।

अभियानअन्तर्गत शनिबार रौतहटको लौकाहमा सभा हुँदैछ भने जिल्लाका अन्य विभिन्न स्थानमा जनभेटघाट कार्यक्रम रहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved