सेयर बजारमा भारी गिरावट, २१७ कम्पनी राताम्मे 

नेपालभ्युज

सेयर बजारमा भारी गिरावट, २१७ कम्पनी राताम्मे 

काठमाडौं । साताको कारोबारको पहिलो दिन आज सेयर बजारमा भारी गिरावट आएको छ । आज नेप्से परिसूचक ४६ दशमलव ३३ अङ्कले घटेर २७७२ दशमलव १० को विन्दुमा पुगेको छ ।

आइतबार ३१५ कम्पनीका १ लाख १२ हजार ३४७ पटकको कारोबारमा २ करोड २७ लाख २६ हजार २८३ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम १० अर्ब ९ करोड ३६ लाख ५४ हजार १२९ रुपैयाँ रहेको छ ।

२४ कम्पनीको सेयर मूल्य बढ्दा २१७ कम्पनी घटेका छन् भने २ कम्पनीका मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये सबै राताम्मे हुँदा आज हिमालयन रिइन्स्योरेन्समा लगानीकर्ता झुम्मिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved