सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

नेपालभ्युज

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेर १ लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार पनि सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेको थियो ।

यस्तै, सोमबार चाँदीको मूल्य भने स्थिर छ । चाँदी तोलाको १ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved