उपाधि विजेता भारतीय खेलाडीले लगाएको ‘ह्वाइट ज्याकेट’ के हो ?

नेपालभ्युज

उपाधि विजेता भारतीय खेलाडीले लगाएको ‘ह्वाइट ज्याकेट’ के हो ?

काठमाडौं । अपराजित रहँदै भारतीय क्रिकेट टोलीले तेस्रो पटक च्याम्पियन्स ट्रफीको उपाधि उचाल्यो ।

दुबईमा आइतबार भएको फाइनलमा भारतले न्युजिल्याण्डलाई ४ विकेटले पराजित गर्‍यो । गत वर्ष टी-२० विश्वकपको उपाधि जितेपछि आईसीसी प्रतियोगितामा भारतले उचालेको यो लगातार दोस्रो उपाधि हो ।

ट्रफी उचाल्नुअघि भारतका हरेक खेलाडीले ज्याकेट लगाएका थिए । निलो जर्सीमा चमिएको त्यो ह्वाइट ज्याकेट (White Jacket) ले उपाधि उचालेको क्षणलाई थप यादगार बनाइदियो । यसबीच ह्वाइट ज्याकेटको बारेमा जिज्ञासा बढेको छ । के हो यो ज्याकेट ? कहिलेदेखि लगाउन थालियो ? जानौँ –

के हो ह्वाइट ज्याकेट ?

ह्वाइट ज्याकेटको चेस्ट पकेटमा प्रतियोगिताको लोगो स्वर्ण रङ्गको धागोले बुनिएको थियो । जसरी गल्फमा मास्टर्स टुर्नामेन्ट जितेपछि ग्रीन ज्याकेटलाई अमूल्य उपहार मानिन्छ, त्यसरी नै च्याम्पियन्स ट्रफीको विजेताले उक्त ह्वाइट ज्याकेट आजीवन राख्न पाउँछन् ।

ह्वाइट ज्याकेट च्याम्पियन्सलाई प्रदान गरिने ब्याज अफ अनरको रुपमा लिइन्छ । ह्वाइट ज्याकेटले च्याम्पियन बन्न एउटा टोलीले गर्ने योगदान, परिश्रम र लगनशीलतालाई झल्काउँछ ।

पाकिस्तान क्रिकेटमा ३ दशकभन्दा बढिको योगदान पुर्‍याएका वसिम अक्रमले रणनीतिक कौशलको र आगामी पुस्तालाई प्रेरित गर्ने एउटा तक्मा भएको बताउँछन् ।

“ह्वाइट ज्याकेट महानताको प्रतीक हो । यसले विश्व क्रिकेट जगतमा नै एउटा उत्साह थप्ने गर्दछ,” प्रतियोगिता सुरु हुनअघि ह्वाइट ज्याकेट सार्वजनिक गर्दै अक्रमले भनेका थिए ।

ह्वाइट ज्याकेटको परम्परा

च्याम्पियन्स ट्रफी (ICC Champions Trophy) सन् १९९८ देखि सुरु भएपनि च्याम्पियन्सलाई ह्वाइट ज्याकेट लगाइदिने परम्परा भने छैँठौं सिजनमा मात्र सुरु भएको थियो ।

दक्षिण अफ्रिकामा आयोजना भएको त्यस संस्करणमा च्याम्पियन बनेर ह्वाइट ज्याकेट लगाउने अष्ट्रेलिया पहिलो विजेता टोली बन्यो । त्यस खेलमा अष्ट्रेलियाले न्युजिल्याण्डलाई ६ विकेटले पराजित गरेको थियो ।

यसपश्चात सातौं र आठौं संस्करण भने इङ्ल्याण्ड र वेल्समा आयोजना भयो । सन् २०१३ मा इङ्ल्याण्डलाई ५ रनले पराजित गर्दै भारतीय टोलीले पहिलो पटक ह्वाइट ज्याकेट लगाएको थिए ।

यद्यपि, सन् २०१७ मा भने पाकिस्तानले भारतलाई १८० रनले पराजित गर्दै ह्वाइट ज्याकेटलाई आफ्नो बनाउन सफल भएको थियो ।

कसरी सबै खेलाडीलाई ह्वाइट ज्याकेट ठीक्क भयो ?

ट्रफी लिन अगाडि सबै खेलाडीलाई एकपछि अर्को खेलाडीलाई ह्वाइट ज्याकेट लगाइयो । तर, एउटा कौतहुल्ता यो पनि हुनसक्छ कि कसरी सबै ज्याकेट सबै खेलाडीलाई चिटिक्कै सुहायो ?

आईसीसीको इभेन्टमा फ्याशनलाई विशेष ध्यान दिने गरिन्छ । यसकारण पनि हरेक ह्वाइट ज्याकेट सबै खेलाडीलाई फिट होस् भन्ने कुराको पनि ख्याल गरिन्छ ।

ह्वाइट ज्याकेटलाई कस्टम–मेड ज्याकेट पनि भन्न सकिन्छ । यसकारण आईसीसीले फाइनल पुगेका दुवै टोलीका खेलाडीहरुको नापका लागि टेलर दर्जीलाई पठाइन्छ ।

यस ज्याकेटलाई उच्च गुणस्तरको इटालियन ऊनले बनाइन्छ । साथै, स्वर्ण ब्रेडिङ (स्वर्ण रङ्ग)को थागोले लोगो पनि लगाइन्छ । यसले च्याम्पियन्सलाई थप पृथक र विशेष बनाउँछ । पहिलो ह्वाइट ज्याकेट मुम्बईकी डिजाइनर बबिता एमले डिजाइन गरेकी थिइन् ।

न्युजिल्यान्डलाई हराउँदै भारतले जित्यो कीर्तिमानी तेस्रो उपाधि, लियो २५ वर्षअघिको बदला


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved