उच्च अदालतमा निवेदन दिएपछि लामिछानेले भने – बोल्ने समय आउँदैछ

नेपालभ्युज

उच्च अदालतमा निवेदन दिएपछि लामिछानेले भने – बोल्ने समय आउँदैछ
फाइल तस्वीर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले छोटो प्रतीक्षापछि विशेष सम्बोधन गर्ने बताएका छन् ।

सहकारी ठगी प्रकरणमा रुपन्देही जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा निवेदन दायर गरेपछि लामिछानेले यस्तो बताएका हुन् ।

बुटवलको सुप्रिम सहकारीको बचत अपचलन मुद्दामा गत माघ १३ गते रुपन्देही अदालतले लामिछानेलाई एक करोड रुपैयाँ धरौटीमा थुनामुक्त गर्न आदेश दिएको थियो ।

फौजदारी कार्यविधि संहिताको दफा ६८ बमोजिम धरौटी माग गरिएकोमा चित्त नबुझेको भन्दै दफा ७३ को व्यवस्थाअनुसार आदेश बदरको मागसहित लामिछानेले सोमबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा निवेदन दायर गरेका छन् ।

अदालतबाट बाहिरिने क्रममा लामिछानेले मेरो बोल्ने समय एकदम नजिक आएको र त्यसको तयारीमा बसिरहेको बताए ।

उनले भने, “अहिले यत्ति भन्छु, मेरो बोल्ने समय निकै नजिक आउँदैछ । तपाईंहरूलाई थाहै छ त म बोल्ने नै मान्छे हुँ । प्रतीक्षा गर्नुहोला । छोटो प्रतीक्षापछि विशेष सम्बोधनसहित आउँदैछु ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved