दोहोरो अङ्कले घट्यो सेयर बजार 

नेपालभ्युज

दोहोरो अङ्कले घट्यो सेयर बजार 

काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज सेयर बजारमा दोहोरो अङ्कको गिरावट आएको छ ।

नेप्से परिसूचक आज २० दशमलव ६८ अङ्कले घटेर २७५१ दशमलव ४२ को विन्दुमा पुगेको छ ।

सोमबार ३११ कम्पनीका ८७ हजार १५६ पटकको कारोबारमा एक करोड ५० लाख ५४ हजार ९१५ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ८ अर्ब ३७ करोड ८० लाख ५५ हजार रुपैयाँ रहेको छ ।

४४ कम्पनीको सेयर मूल्य बढ्दा १९१ कम्पनीको घटेको छ भने ८ कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये अन्य उपसमूह सामान्य बढ्दा बाँकी राताम्मे छन् । आज नेपाल रिइन्स्योरेन्स कम्पनीमा लगानीकर्ता झुम्मिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved