तोसिमा कार्कीको सांसद पद जोगियो

नेपालभ्युज

तोसिमा कार्कीको सांसद पद जोगियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ डा. तोसिमा कार्कीको सांसद पद जोगिएको छ ।

सर्वोच्च अदालतले मङ्गलबार कार्कीको पक्षमा फैसला सुनाउँदै उम्मेदवारी कायमै रहेको बताएको हो ।

०७९ सालको प्रतिनिधि सभाको निर्वाचनमा मेडिकल काउन्सिल सदस्य सार्वजनिक पद भएकाले राजीनामा नगरी उम्मेदवार बन्न नपाउने भनी  निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेको थियो । सर्वोच्चले अन्तरिम आदेश दिएपछि उनको उम्मेदवारी जोगिएको थियो ।

पछि उनले कानुन व्यवसायीको सल्लाहमा मेडिकल काउन्सिलको सदस्य पदबाट राजीनामा दिएकी थिइन् । मेडिकल काउन्सिलबाट भत्ता मात्रै प्राप्त हुने हुँदा त्यस पदबारे निर्क्यौलका लागि कार्कीले आयोगमा भदौ २८ मा निवेदन दिएकी थिइन् ।

आयोगले त्यस निवेदन उपर कुनै सुनुवाइ नगरी आफू विरूद्धको उजुरीको आधारमा उम्मेदवारी खारेज गरेर अन्याय गरेको भन्दै कार्की सर्वोच्च पुगेकी थिइन् ।

रिटमा गत पुस २५ गते नै सुनुवाइ सकिएको थियो । न्यायाधीश मनोज कुमार शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजालमा निसु तोकिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved