भृकुटीमण्डपमा मारवाडी युवा मञ्चले होली धमाल कार्यक्रम गर्ने

नेपालभ्युज

भृकुटीमण्डपमा मारवाडी युवा मञ्चले होली धमाल कार्यक्रम गर्ने
फाइल तस्वीर

काठमाडौं । मारवाडी युवा मञ्चले भोलि (फागुन २९ गते) भृकुटी मण्डपमा होली धमाल कार्यक्रम गर्ने भएको छ ।

युवा मञ्चले बिहान साढे ९ बजेदेखि अपरान्ह साढे तीन बजेसम्म कार्यक्रम गर्ने बताएको छ । कार्यक्रममा होलीको रङ्ग लगाउने र नाचगान हुनेछ ।

यससँगै उपत्यका विभिन्न स्थानमा मारवाडी सेवा समितिले पनि होली मनाउने कार्यक्रम गर्दैछ ।

मारवाडी सेवा समितिले टुँडीखेल र वसन्तपुरमा होलीको विशेष कार्यक्रम आयोजना गर्दैछ । कुलेश्वर भलिबल मैदामा कुलेश्वर मारवाडी समाजले होलीको कार्यक्रम गर्दैछ ।

त्यसैगरी पशुपति गौशाला धर्मशालाले भण्डारखाल मैदानमा होलीको कार्यक्रम आयोजना गर्दैछ । यी कार्यक्रममा नाचगान, होलीका दहन र साङ्गीतिक प्रस्तुती हुनेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved